७ आश्विन २०८१ सोमबार
image/svg+xml

ओलीको रिटमा २८ गते पेसी

ओलीले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यको पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमालेको बैठकबाट कारबाही गरिएका पार्टीका प्रतिनिधिसभा सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै ओलीले रिट निवेदन दर्ता गराएका हुन्।

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले सर्वोच्चमा

पार्टीले भदौ १ गते १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले सर्वोच्चमा पुगेको हो।

दल रोज्न २२ गतेसम्म म्याद

आयोगले नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गत बुधबार दर्ता गरी कानुनी मान्यता दिएको थियो।

निर्वाचन आयोगद्वारा भदौ २२ सम्म दल छनोट गर्ने समयसीमा

निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।

अन्ततः एमाले विभाजित भएरै छाड्यो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।

जसपाका १७ जनाद्वारा सनाखत

नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन्। यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो।

सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

जसपाका पूर्व अध्यक्ष समेत रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।

पार्टी दर्ताका लागि सनाखत आज

आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

दर्ता प्रक्रियाका लागि आयोगले तोक्यो नेपालको पार्टीलाई सनाखतको समय

निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भाेलि (बुधबार) काे समय तोकेको छ।

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।

एमाले विभाजन प्रक्रिया: पुरानै कमिटीका आधारमा सनाखत

निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। एमाले अध्यक्ष ओलीले गत साता २०३ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर २६० सदस्यीय पुर्‍याई अद्यावधिक गर्न आयोगमा विवरण पठाएका थिए।

नेकपा(एकीकृत समाजवादी) दर्ता हुने बित्तिक्कै सरकारमा सहभागी हुने

पाँच दिनभित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ। निर्वाचन आयोगले नौं गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ।

दुई दिनमै फेरियो नेपाल र ठाकुरका दलको नाम

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका दुवै दलका नेताले शुक्रबार फेरि नाम परिवर्तन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्