७ आश्विन २०८१ सोमबार
image/svg+xml

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो।

सात जना जुवाडे पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित चिरन थापाले संचालन गरेको करण क्याफेमा तास खेलिरहेको सात जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ

कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित पक्राउ परेका छन्।

१५ जना बन्दकर्ता इटहरीबाट पक्राउ

लोक सेवा आयोगको विज्ञापन खारेजीसँगै आरक्षित कोटा सुनिश्चित हुनुपर्ने माग राखेर शनिबार प्रदेश नं. १ आह्वान गरिएको बन्दका क्रममा इटहरीबाट १५ जना पक्राउ परेका छन्।

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

१४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्।

पेन्गुइन पक्राउ !

न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार पसेका कारण प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ गाईगोरु तस्करी गर्ने नाइके पक्राउ

नेपालबाट सीमावर्ती भारततर्फ अवैध तरिकाले गाईगोरु तस्करी गर्ने मुख्य नाइकेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा प्रहरी पक्राउ

रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटेलमा युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

विमानस्थलबाट चार किलो ‘आइस ड्रग्स’सहित पोर्चुगलका नागरिक पक्राउ

नेपालको विमानस्थल प्रयोग गरेर  जापान जान लागेका पोर्चुगलका नागरिक लागुऔषध साढे चार किलो ‘आइस ड्रग’ सहित पक्राउ परेका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  आइस ड्रग्ससहित मेन्डिज पेरिरा टिआगो पक्राउ परेका हुन।

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ। भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको हो।

लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्