७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पेन्गुइन पक्राउ !

न्युजिल्याण्ड– न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार पसेका कारण प्रहरीले पक्राउ गरेको हो ।

पसलका मालिकले भने, ‘चराका कारण आफूलाई असजिलो भएको थियो। यिनीहरूलाई भगाएको केही समयमै फेरि पसलमा आएका थिए। त्यसैले मैले बाध्य भएर प्रहरीलाई उजुरी गर्नु प-यो।’

प्रहरीका अनुसार न्युजिल्यान्डका विभिन्न पसलमा पेन्गुइन चरा पसेर हैरान गर्ने गरेका छन्। यसै क्रममा प्रहरीले संरक्षण विभाग र वेलिंगटन चिडियाखानाको सहयोग लिएर पेन्गुइनलाई वेलिंगटनमा छाडियो। यहाँ ६ सय पेन्गुइनको जोडी बस्छन्। यिनीहरूको रेखदेख न्युजिल्यान्डको संरक्षण विभागले गर्दै आएको छ। तर, यसरी पेन्गुइनलाई प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो।

वेलिंगटनका वासिन्दाहरूलाई पेन्गुइनदेखि टाढै बस्न आदेश दिइएको छ, किनभने यी चराहरूले मानिसलाई टोक्न पनि सक्छन्। पसलका मालिक विनी मोरिसका अनुसार ती दुई पेन्गुइन धेरै डराएका जस्ता देखिन्थे तर, एकदमै सुन्दर पनि थिए। संरक्षण विभागका अनुसार नीलो रङका यो चराको प्रजाति खतरामा छ। यिनीहरूलाई संरक्षण गर्ने प्रयास भने भइरहेको छ।

संरक्षण विभागका अनुसार यी चराहरूको प्रजननको महिना सुरु हुँदैछ। यसैकारणले यिनीहरू सुरक्षित स्थानको खोजीमा मिठाइ पसल पुगेर फर्निचरमा लुकेका थिए। स्थानीयवासिन्दाले बताएअनुसार पेन्गुइनले वेलिंगटनका धेरै घरहरूमा आफ्नो डेरा जमाएर बसेका छन्।

प्रकाशित: ४ श्रावण २०७६ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App