९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विमानस्थलबाट चार किलो ‘आइस ड्रग्स’सहित पोर्चुगलका नागरिक पक्राउ

काठमाडौं- नेपालको विमानस्थल प्रयोग गरेर  जापान जान लागेका पोर्चुगलका नागरिक लागुऔषध साढे चार किलो ‘आइस ड्रग्स’ सहित पक्राउ परेका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  आइस ड्रग्ससहित मेन्डिज पेरिरा टिआगो पक्राउ परेका हुन।

विमानस्थल प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे १ बजे इन्डियन एयरबाट दिल्ली हुँदै जापान जान लागेका पोर्चुगिज नागरिक राहदानी नं ७२०१२९२ बाहक २५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई पक्राउ गरेको हो।

उनले  मोबाइल, पर्स र मोबाइल कभरका  बट्टामा फल्स बटन बनाई सो परिणामको आइस एम्फेटामाइन नामक ड्रग्स लैजान लागेको अवस्थामा होल्ड ब्यागेज चेकिङ एक्सरेको माध्यमबाट बरामद भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा करोडौं मूल्य पर्ने ड्रग्स मेन्डिजले कहाँबाट ल्याए र उनलाइ कसले दियो भन्ने बिषयमा लागुऔषध नियन्त्रण व्यूरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ श्रावण २०७६ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App