६ आश्विन २०८१ आइतबार
image/svg+xml

गुण्डा नाइके 'बाघे'सहित १८ बालुवा डिपोका सञ्चालक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए।

३ लाख ४५ हजार नगद सहित १४ जुवाडे पक्राउ

कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेको छ। बिहीवार राति २ बजे वडा कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाईएको जुवाका खालमा छापा हानेको हो।

हत्या आरोपित पक्राउ

सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

बलात्कार आरोपमा सात जना पक्राउ

वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

गत भदौ २९ गते रोहिणी गाँउपालिका ३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्। रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

आमाछोरी हत्यारा एक सातापछि पक्राउ, हत्याको कारण बहुप्रेम

उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्।

‘राजनीतिक मुद्दामा प्रतिशोध साँधियो, बयान दिन अदालत जान्छु’

अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो। बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु।

खरिदार घुससहित पक्राउ

भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तु तौलिहवाका–२ जना खरिदार घुस लिँदै गर्दा बुधबार दिउँसो पक्राउ परेका छन्।

सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ। ज्यान मार्ने मुद्दामा दोलखाका सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पूर्जीको म्याद तामेल गरेको हो।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ।

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

सांसद साहलाई जनकपुर ल्याइयो

काठमाडौं विमानस्थलबाट पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रमोदकुमार साहलाई विमानबाटै प्रहरीले जनकपुर ल्याएको छ। साह चढेको बुद्ध एयरको विमान ४ः४० बजे जनकपुर विमानस्थलमा अवतरण भएको थियो। उनलाई विमानस्थलबाट कडा सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय जनकपुर लगिएको छ।

विमानस्थलमा उपद्रो मच्चाउने प्रवासी नेपाली पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेर उपद्रो मच्चाउने एक गैरआवासीय नेपाली (एनआरएन)लाई प्रहरीले पक्राउ गरेको छ।

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्