६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

भैरहवा– गत भदौ २९ गते रोहिणी गाँउपालिका –३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्।

रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

ओमसतिया ५ पट्खौलीका ४२ वर्षीय महेन्द्र कुर्मी  बैकबाट ५ लाख निकालेर निकालेर मोटरसाइकलमा धकधईतर्फ गईरहेको बेला गोली प्रहार भएको थियो। मृतक कुर्मीसहित श्रीमति र ८ महिनाको छोरा सवार रहेको मोटरसाइकलमा २ राउण्ड हवाई फायर गरी तर्साउन खोज्दा पैसा व्यागमा रहेको ५ लाख लुट्न नपाएपछि तेस्रो गोली कुर्मीमाथि प्रहार गरिएको थियो। मार्ने उद्देश्य भन्दा पनि गोली हानी पैसा लुट्ने उद्देश्यले हरिजनले कुर्मीमाथि गोली चलाएको भए पनि गोली मुटुतर्फ लागेकोले घटनास्थलमै ज्यान गयो।

घटनाको जिप्रका र सिआइबीको टोलीले सिसीटिभी फुटेज, विटिएस, भिएलआर, सिडिआरको विश्लेषण र अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गरेको छ। प्रहरीको अनुसार ३ जना भारतीय नागरिक बेलहिया हुदै पैसा लुट्ने उद्देश्यले नेपाल प्रवेश गरेका थिए। एक मोटरसाइकलमा एक जना र अर्काे मोटसाइकलमा २ जना गरी आएका ३ जनाको समूह कुर्मी हत्यामा संलग्न थिए। 

पैसा लुट्ने उद्देश्यले भैरहवा आएका उनीहरुले भैरहवास्थित कुमारी बैंक र हिमालयन बैंकमा गएर ठूलो रकम र आर्थिक चहलपहलकर्तालाई आंकलन गरी कुर्मी परिवारलाई बैंकबाटै पिछा गर्दै शान्त ठाउ खोज्दै रोहिणी नदी नजिकै बेकुण्ठपुरमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ। 

भैरहवाको गैडहवामा भएको लुटपाटमा समेत संलग्नता रहेको हरिजन भारतमा यस्तै प्रकारका घटना गराई जेल समेत परेका थिए।

नेपाल प्रहरी, सिआइबी र भारतीय सूचनादाताको सहयोगमा अभियुक्त मध्येका सुटर हरिजन हिजो बुधबार राती ८ वजे नेपालतर्फ प्रवेश गर्दै गर्दा विशेष सूचनाको आधारमा सिद्धार्थनगर–२, मेउडिहवा फुलपुरबाट घेराबन्दी गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए। 

भारतीय मोटरसाइकल यूपी ५३ डीबी ९९८३ नम्बरको कालो पल्सरमा नेपाल प्रवेश गर्दा हरिजनलाई पक्राउ गरिएको हो। घटनामा संलग्न भारतीय नागरिक मुख्य योजनाकार र एक अभियुक्तको पनि पहिचान भइसकेको छ, लुकीछिपी गरी बसेकोले तदरुकताका साथ उनीहरुको खोजी भइरहेको एसपी थापाले बताए। 

स्रोतका अनुसार यिनीहरुको ठूलो गिरोह छ, खुला सिमानाका कारण नेपाल प्रवेश गरी ठूला आर्थिक चलखेल हुने ठाउँको जानकारी लिई मार्ने उद्देश्य भन्दा पनि तर्साएर पैसा लुट्ने मनसायले नेपाल आउने गरेका छन्। 

प्रकाशित: ३० आश्विन २०७६ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App