coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विमानस्थलमा उपद्रो मच्चाउने प्रवासी नेपाली पक्राउ

फाइल तस्बिर

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेर उपद्रो मच्चाउने एक गैरआवासीय नेपाली (एनआरएन)लाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नेपाली मुलका अष्ट्रेलियन नागरिक रमेशकुमार थापा रहेका छन्। उनले विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीमाथि अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको तथा डेस्कको सिसा फुटाएपछि कर्मचारीहरुले विमानस्थल प्रहरीको जिम्मा लगाएको प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए। 

उनका अनुसार गैरआवासीय नेपालीबाट पटक पटक दुर्व्यवहार हुने गरेको छ। थापामाथि प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ। थापा एनआरएनएको सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App