६ पुस २०८१ शनिबार
image/svg+xml

विप्लव र राउतका साढे चार सय कार्यकर्ता पक्राउ

मुलुक बिखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा सलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ। राजनीतिक आवरणमा देशविरुद्धको अपराध, हिंसा र आतंक मच्चाउनेलाई छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा चलाउन थालेपछि मुलुकमा शान्ति र अमनचयन कायम भएको सरकारको निष्कर्ष रहेको छ।

सरकारको विकल्प छैन : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे।

पार्टीको बैठकहरु १५ मिनेटभन्दा ढिला हुनुहुन्न : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कारको बचाउ गरेका छन्। सचिवालय बैठक बहिष्कार गरेर चर्चामा आएका प्रवक्ता श्रेष्ठले धादिङबेसीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बैठक बहिष्कार नभई ढिला भएकाले बाहिरिएको बताए।

प्रधानमन्त्रीज्यू! समय छ, बदलिनूस्

केही प्रारब्धले र केही आफ्नै प्रतापले १ वर्षअगाडि सत्तारुढ हुनुु पूर्वसम्म आफूले निकै आशा गरेका नेकपाका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अहिले धेरैमान्छे निराश छन्।अघिल्लो प्रधानमन्त्रित्व कालको उत्तराद्र्ध तिर हिमचुली उक्लेको उनको लोकप्रियता अहिले उनकै गृहजिल्ला झापाको केचनाकलनको उचाइमा झरेको छ। हो, (आफूनै पार्टीका सहकर्मीहरूको चलखेलबाट छोट्टिएमा बाहेक) वैधानिक कार्यकाल लामै बाँकी हुँदा उनी एउटा राम्रै प्रधानमन्त्रीका रूपमा इतिहासमा स्थापित हुनसक्ने समयअझै टरेको छैन। तर त्यसका लागि उनले गम्भीर आत्मसमीक्षा गरेर १८० डिग्री कोणकै आत्मपरिवर्तन भने गर्नुपर्छ,अहिले जस्तो उनी र उनका कतिपय सहयोगीले ठानेको, भनेको जस्तो मै ठीक भनिरहेर चाहिँ हुँदैन।

बैठक बहिष्कारपछि नेकपामा तरंग

नेकपाका चार सचिवालय सदस्यले शनिबार बैठक बहिष्कार गरेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ। लामो समयसम्म पनि आन्तरिक एकीकरण नटुंग्याएको, एकीकरणको विषयभन्दा अन्य विषय नै नेतृत्वको प्राथमिकतामा परेको, स्थायी कमिटी बैठक नबोलाएको तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट नटुंग्याएको तथा पार्टी विधि र पद्धतिअनुसार नचलेको भन्दै असन्तुष्टि बढ्दै आएको छ।

स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताएका छन्।

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठक २९ गतेका लागि बोलाउने निर्णय गरेको हो।

नेकपामा समयको महत्व, चार नेताले गरे बैठक बहिस्कार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन्। आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाइएको थियो।

रावलद्वारा नेकपाको प्रदेश कमिटी सदस्य पद अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पद मनबहादुर रावलले अस्वीकार गरेका छन्। नेपाली काँग्रेस बाजुराका पूर्व सभापति रावलले परामर्श नगरी पार्टीमा आकर्षण गर्ने उद्देश्यले मञ्जुरी विना नै सदस्य बनाएकोले अस्वीकार गरेको बताएका छन्।

नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाटमा ढिलाइ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ। नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउने जनाएको थियो।

दश बर्षभित्र नेपाल समृद्ध देश बन्छः दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको तीव्र गतिको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन्। विकासले तिब्रता लिइसकेको भन्दै उनले १० बर्षभित्र नेपाल समृद्ध देश बन्ने बताए।  विश्वले देख्न लायक समृद्ध मुलुक बन्ने दाबी गर्दै दाहालले अब विकासको गति कसैले रोक्न नसक्ने बताए।

बाजुराबाट १२ जना नेकपाको प्रदेश सदस्य, हस्ती नै कमिटीमा परेनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीमा बाजुराबाट १२ जना परेका छन्। सुदुरपश्चिम प्रदेश कमिटीले सार्वजनिक गरेको सूचीमा सदस्यका लागि पूर्व एमालेबाट ७ जना र माओवादीबाट ५ जनाको नाम परेको छ।

प्रदेश कमिटिमा खोटाङका १० जना

नेकपाको १ नम्बर प्रदेश कमिटिमा खोटाङका १० नेता मनोनित भएका छन्। नेकपा केन्द्रीय कमिटिले सात वटै प्रदेशको कमिटिलाई टुंग्याउनेक्रममा जिल्लाबाट साविकको एमालेबाट ६ जना र साविकको माओवादी केन्द्रवाट ४ नेता मनोनित भएका छन्।

नेकपाले दियो प्रदेश कमिटीलाई पूर्णता, को को परे ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी एकतालाई टुंग्याएको छ। नेकपा महासचिव विष्णु पौडेलले सात वटै प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेका छन्। यस अघि बसेको नेकपाको सचिवालय बैठकले प्रदेश कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको सदस्यहरुको नाममा विवाद रहेको थियो।

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्