६ पुस २०८१ शनिबार
image/svg+xml

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

नेकपाको केन्द्रीय सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको ७ वटै प्रदेशसहित ८ वटा कमिटी गठन गर्ने निर्णय हुने बताइएको छ।

नेकपा बैठक बुधबारका लागि सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार पनि नबसी स्थगित भएको छ। सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य नपुगेको भन्दै मंगलबारका लागि सरेको थियो।

नेकपाका सांसद भन्छन्ः राष्ट्रपतिको सुरक्षाका लागि ‘बुलेट प्रुफ’ गाडी चाहिन्छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।

विश्वकर्माको प्रश्न : हिजो केही नभएका नेता कसरी धनी भए ?

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

भृकुटीमण्डपमा विप्लव माओवादीको सभा सुरु

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को जनसभा सुरु भएकोछ। राजधानीको भृकुटीमण्डपमा भएको जनसभालाई पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्माले सम्वोधन गर्ने कार्यक्रम छ। पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो।

पूर्वलडाकु भन्छन्– जनयुद्ध लड्दा बर्बाद भइयो

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन्।

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका केन्द्रीय सदस्यको ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२ जना केन्द्रिय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

गाडी जलाएको आशंकामा विप्लवका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा

आइतबार राति जुम्लाको चन्दननाथ नगरपालिकामा पार्किङ गरेको क १ झ १ नम्बरको गाडीमा आगजनी गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

नेकपामा टुगिंयो कार्यविभाजनको मापदण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने तयारीसँगै केन्द्रीय सदस्य तथा प्रदेश कमिटी गठन सिफारिसका लागि बनेको कार्यदलको बैठकले केन्द्रीय सदस्य र प्रदेश कमिटिको जिम्मेवारी टुंग्याएको छ । दुई दिनदेखि बसेको कार्यदल बैठकले आगामी बिहीबार बस्ने सचिवालय बैठकमा प्रस्ताव जानेगरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा प्रदेश कमिटीमा रहने व्यक्तिको मापदण्ड टुंग्याएको हो ।

चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ।

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

करिब एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही साता बिहीबार बस्ने तयारी भएको छ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो।

नेकपाका नेताको कार्यालय अब एकै ठाउँमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणपछि पनि अलगअलग रहदैँ आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ ।

‘जनताले सुशासन र भ्रष्टाचारीलाई कारबाही खोजे, सरकारले काम गर्न सकेन’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन्। उनले भने, ‘यो सरकार निरन्तरताको लागिमात्रै होइन। प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो। तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन।’

नेपाल विदेशी सैनिकको परेड स्थल बन्दै : गुरुङ

नेकपाका प्रमुख सचेतक देब गुरुङले नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्