५ आश्विन २०८१ शनिबार
image/svg+xml

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

प्रिस्टीन भ्यालीको लापरवाहीले सुक्खा बन्दरगाहमा जाम

सुक्खा बन्दरगाहको क्षमता एक पटकमा साढे १५ सय कन्टेनर ह्याण्डिल गर्ने रहेकोमा अहिले खाली कन्टेनरमात्र त्यसभन्दा बढी छ।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

काठमाडौं सुक्खा बन्दरगाह तयार

सुरुआती ठेक्का सम्झौता अनुसार यो आयोजना २०७७ वैशाखभित्रै निर्माण सम्पन्न हुुनुपर्ने थियो। तर स्थानीयको अवरोध र कोभिड–१९ ले आयोजनाको काम १४ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको गुरुयोजना तयार

यो परियोजना बनेसँगै भारतको राजधानी सहर दिल्लीबाट करिब तीन सय किलोमिटर दुरीमा अवस्थित भएकाले पनि नेपालको व्यापार घाटा कम गर्न धेरै मद्दत पु¥याउनेछ। त्यति मात्रै होइन, सामान पनि सस्तो र सुलभ दरमा आयात तथा निर्यात गर्न सकिनेछ।

चोभार सुक्खा बन्दरगाह दुई महिनाभित्र तयार

यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको थियो।

सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीलाई

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको भइरहेको ठेक्का प्रक्रियामा गत आइतबार खोलिएको आर्थिक प्रस्तावमा सबभन्दा बढी कबोल गर्ने भारतको राजधानी नई दिल्लीमा मुख्यालय भएको कम्पनी प्रिस्टाइन लजेस्टिकको ठेक्का स्विकृत भएको छ ।

पाँच वर्षका लागि तीन अर्ब ३३ करोड

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि गत मंसिरको अन्तिम साता आह्वान भएको टेन्डरको आर्थिक प्रस्ताव आइतबार खुलेको छ । सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकारीका अनुसार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिकले सबैभन्दा बढी तीन अर्ब ३३ करोड रुपैयाँ कबोल गरेको छ ।

सुक्खा बन्दरगाह ५ वर्ष संचालनको ठेक्का ३ अर्ब ३३ करोडमा

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको लागि गत मंसिरको अन्तिम साता अह्वान भएको अर्को ५ वर्षको अवधीका लागि संचालनको टेन्डरको आर्थिक प्रस्ताव आइतवार खुलेको छ ।

एक हप्तालाई ‘आइसिडी डिस्टफिङ’ बन्द

वीरगन्जको सुक्खा बन्दरगाहमा आइसिडी डिस्टफिङ (कन्टेनरबाट मालसामान अन्य ढुवानी साधनमा खन्याएर लैजाने काम) सात दिनका लागि बन्द गरिएको छ ।

थन्किएका मालसामानमा शुल्क मिनाहा

नेपाल सरकारले लकडाउनको अवधिमा वीरगन्ज सुक्खा बन्दरगाह तथा यहाँस्थित एकीकृत जाँच चौकीमा (आइसिपी) भन्सारबाट जाँचपास हुन नसकेर थन्किएका मालसामानमा शुल्क मिनाहा गर्ने भएपछि आयातकर्ताले केही राहत महसुस गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्