१० आश्विन २०८१ बिहीबार
image/svg+xml

‘निर्वाचनमा तालमेल हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्।

आरजु र प्रचण्डको दिल्लीमा भेट

भेटको क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र दाहाल पुत्री गंगा दाहालको उपस्थिति थियो। यसअघि शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि दाहाल र आरजुबीच भेटवार्ता भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।

सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।

शेखर पक्षलाई किचकिच नगर्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे पार्टी विधान संशोधन गरेर फेरि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने बताएका छन्।

गगन थापाकाे व्यंग्यः मैले गर्भनरलाई भनेकाे, एमालेका एम अधिकारीलाई भनेको लागेमा क्षमा चाहन्छु

‘मलाई शंका लागिरहेकै थियो।, बार्दली बा र यी बीच बा र छोराको नाता रहेछ, एउटाले बार्दलीमा बसेर नेपाललाई श्रीलंका बनाउँदैछन् भनिरहेको छ, एउटाले श्रीलंका बनाइरहेको छ।’

निर्वाचनको मुखमा कांग्रेसमा किचकिच

सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिन पुगेको छ।

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

निर्वाचनको मिति साउन पहिलो हप्ता घोषणा हुन्छः गगन थापा

थापाले आगामी साउनको ४ र ५ गते बस्ने मन्त्रिपरिषदले संघ र प्रदेशको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए।

मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले मल उपलब्ध गराउन सकेन्: सांसद संग्रौला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन्।

बुढीनन्दामा विकास लहरको संकेत

बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।

सुजताद्वारा विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन आग्रह

नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्