९ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

काँग्रेस कैलाली क्षेत्र नं. १ ले गर्‍यो उम्मेदवार सिफारिस

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको सभापति प्रकाश शाहले जानकारी दिए। उनले केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, पूर्वसाँसद गंगाबहादुर कुँवर, गंगादेवी चौधरी, पूर्वराज्यमन्त्री सुशीला स्वाँर, बिरबहादुर हमाल, सूर्यबहादुर रावल, बिर्खबहादुर रावल, रणबहादुर रावल र सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीको सिफारिस भएको बताए।

काठमाडौं-९ मा नेपाली काँग्रेसबाट ६ जनाको नाम सिफारिस

क्षेत्रीय समितिले केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित र नानु बास्तोला सहित छ जनाको नाम सिफारिस गरेको हो। क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ।

‘गिरि अनुसरणीय नेता’

नेपाली कांग्रेसका नेताहरूले पार्टी नेता प्रदीप गिरिलाई एक महान दार्शनिकर समाजवादी नेता भएको स्मरण गरेका छन्।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

हत्या आरोपित आलम एकल उम्मेदवार सिफारिस

आलम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाटै निर्वाचित भएका हुन्। बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि सांसदबाट निलम्बित उनी हाल पुर्पक्ष थुनामा छन्।

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो।

मोरङ १ बाट प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

प्रदेश (क) को प्रत्यक्ष तर्फ चिरञ्जीवी थापा, अर्जुन तुम्रुक, गोमा नेपाल र विरवल थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङ्गा र विजय कार्कीको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र ख को प्रत्यक्ष तर्फ शंकर राई, प्रकाश बस्नेत र बृज थापाको नाम सिफारिस गरेको छ।

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।

काँग्रेसद्वारा मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस

यस्तै प्रदेश (ख) को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह र सुकदेव सिंहको नाम सिफारिस गरेको क्षेत्रनम्बर ५ का पूर्व सभापति दिलिपकुमार पोखरेलले बताए। उनका अनुसार प्रदेशको समानुपातिक तर्फ भने प्रदेश (क) बाट ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस गरिएको जानकारी पोखरेलले दिए।

सुन्दरमणि आचार्य काभ्रे २ (क) मा कांग्रेसबाट सिफारिस

नेपाली कांग्रेसका युवा नेता सुन्दरमणि आचार्य काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

नैनसिंह महर कैलाली-४ बाट उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि महर सिफारिस भएका हुन्। उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ।

जबराको अभिव्यक्ती सीमा भन्दा बाहिरः मिन विश्वकर्मा

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्