९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जबराको अभिव्यक्ती सीमा भन्दा बाहिरः मिन विश्वकर्मा

फाइल तस्बिर।

नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताएका छन्।  

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन्। उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए। सचेतक विश्वकर्माले महाअभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको पनि बताए। उनले प्रधानन्यायाधीश जबराले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाईंं लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताए। जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिएको बताए।  

उनले भने, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो। उहाँले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई हामीले सामान्य रुपमा लिएका छौँ। महाअभियोग नै लाग्नु हुँदैन भन्ने उहाँको प्रतिरक्षा होला। उहाँले राजनैतिक रुपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ, भन्नुभयो। हामीले प्रतिप्रश्न ग¥यौं, संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाई लिनुहुन्छ कि लिनुहुन्न भन्यौँ। लिनुपर्छ, लिएकै छु तर बोल्ने क्रममा भनेको मात्रै हुँ भन्नुभयो। उहाँले आफ्नो प्रतिरक्षा गर्ने क्रममा व्यक्त सबै भनाइलाई हामीले छानविन गर्न बाँकी नै छ। उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो। न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो।’

सचेतक विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताए। उनले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताए। उनले प्राप्त कागजातहरुको अध्ययनका लागि समितलाई केही समय अझै लाग्ने बताए। प्रधानन्यायाधीश जबराले आज व्यक्त गरेको रायका आधारमा सर्वसम्मत निस्कर्षमा पुग्ने उनले दाबी गरे।

प्रकाशित: १५ भाद्र २०७९ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App