९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं-९ मा नेपाली काँग्रेसबाट ६ जनाको नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेस क्षेत्रीय समितिले ६ जनाको नाम सिफारिस गरेको छ।

क्षेत्रीय समितिले केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित र नानु बास्तोला सहित छ जनाको नाम सिफारिस गरेको हो। क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ।

सदस्य किरण गिरी, दामोदर गौतम, बासु कार्की र बन्दना खड्कालाई भने समानुपातिक तर्फ सिफारिस गरिएको छ । गिरी पूर्व केन्द्रीय सदस्य हुन् भने अन्य महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित: १७ भाद्र २०७९ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App