२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ  नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो।  

सुजाता कोइराला

यस्तै प्रतिनिधि सभा  समानुपातिक तर्फ अब्दुल रहिम, गोपालमान सिंह राजभण्डारी, कर्णबहादुर याख्खा र कलाकुमारी सिंहको नाम सिफारिस गरेको छ। 

यस्तै प्रदेशसभा (क) तर्फ प्रत्यक्षमा जीवन पनेरु, कनैया राजवंशी, शान्ता पौडेल, फणिन्द्र यादव, सिवनारायण सिंह र रविन राईको नाम सिफारिस गरेको छ। 

यस्तै समानुपातिक तर्फ २१ जनाको नाम सिफासिर गरिएको महाअधिवेशन प्रतिनिधि जीवन पनेरुले जानकारी दिए। यस्तै प्रदेशसभा ख को प्रत्यक्ष तर्फ सुमन कुंवर, यदु विष्ट, मदन संग्रौला, महेश्वर राजवंशी, इन्द्रमणी थापा र विनोद कार्कीको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिक तर्फ १६ जनाको नाम सिफारिस गरेको पनेरुले बताए।  

प्रकाशित: १६ भाद्र २०७९ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App