१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पप्पु कन्स्ट्रक्सनको बदमासी

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा भएको डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । ठेक्का लिएर तोकिएको अवधि सकिएको दुई वर्ष बित्दा पनि पुल नबनाएका कारण सर्वसाधारणले ज्यानै गुमाउनुपरेको अवस्था छ।

जिप दुर्घटनामा ९ जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुरा–भागेश्वर जोड्ने सडक खण्डको अमरगढी २ आइतबजार नकिकै ठूलाखोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले डुंगा दुर्घटना : नेकपा

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले लालबकैया नदीको टिकुलीया घाटमा डुंगा दुर्घटना भएको भन्दै नेकपा रौतहटले सम्बन्धित निर्माण कम्पनीलाई कार्वाहीको माग गरेको छ।

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गयाे ज्यान

लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्।

अपडेट : डुंगा दुर्घटनामा परेका २१ को उद्धार, दुर्इकाे शव फेला, ३ अझै बेपत्ता

रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने दुर्इ जनाकाे शव फेला परेकाे छ।

अपडेट : डुंगा दुर्घटनामा परेका ४० जनामध्ये १५ को उद्धार, २५ अझै वेपत्ता

रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ। दुर्घटनामा ४० जना सवार रहेकोमा साढे नौ बजेसम्म १५ जनाको जीवितै उद्धार गरिएको छ भने २५ जना अझै हराइरहेका छन्। रौतहटको सदरमुकाम गौर नगरपालिका ४ मा रहेको लालबकैया खोलामा साँझ साढे ७ बजेपछि डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोलामा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

दाङमा बस पल्टिँदा एकजनाको मृत्यु

दाङमा मंगलवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगर १४ खौसापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१७ नम्बरको बस पनेरनी खोलामा पल्टिँदा बसमा सवार भारतको शिवहरी बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जेब्राक्रसमै पैदलयात्रु असुरक्षित

नेपाल इन्जिनियरिङ एसोसिएसनको टोली शुक्रबार भक्तपुरको ठिमीस्थित शंखधरचोक पुग्यो।हालै सार्वजनिक तथ्यांकअनुसार उपत्यकामा जेब्राक्रस पार गर्दैगर्दा पैदलयात्रु सबैभन्दा बढी दुर्घटनाको सिकार भएको चोक हो यो।

दुर्घटनामा धेरै दुईपाङ्ग्रे चालकको मृत्यु

काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ।

नुवाकोटमा बस दुर्घटना, ५७ घाइते

नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ।

सेनाको गाडीले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नेपाली सेनाको गाडीले ठक्कर दिँदा गोरखा नगरपालिका ५ पश्लाङका असिम खनखवासको मृत्यु भएको छ। सोमवार राती गोरखा नगरपालिका ६ जिविस चोकमा लु १ ग १३९ नम्बरको नेपाली सेनाको बोलेरो जिपले बा ७३ प ५९५८ नम्बरको मोटरसाईकलमा सवार खनखवासलाई ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्