१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा मङ्गलबार एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। इटालीका उप–यातायात मन्त्री एडोआर्डो रिक्सीले घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी घाइते

पाल्पामा रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा ४ विद्यार्थी घाइते भएका छन्।

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ। आर्थिक वर्ष २०७४–७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए।

जीप दुर्घटना हुँदा बालिकाको मृत्यु

रोल्पाको जेदवाङ बिसुनधारा गाउँ नजिकै जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान करिव ९ वजेतिर लिवाङिआँप देखि होलेरीका लागी छुटेको लु १ च ९३९४ जीप दुर्घटना हुँदा रुन्टिगढि गाउँपालीका ९ सखि निवासी ४ वर्षिया वालीका रितु कार्किको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ।

इन्डोनेसिया विमान दुर्घटना : ८ जनाको मृत्यु, १२ वर्षीय बालककाे जिवितै उद्दार

इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

साउदीबाट मृतक परिवारलाई ब्लड मनी

साउदी अरबस्थित नेपाली दूताबासले सडक दुर्घटनामा ज्यान गुमाएका १८ नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ।

चितवनमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

एक वर्षमा भएका सवारी दुर्घटनामा ५ सय ९९ को मृत्यु

प्रदेश ५ मा सवारी दुर्घटनामा परि मृत्यू हुनेको संख्या क्रमश घट्दै गएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सवारी दुर्घटनाको संख्या बृद्धि भएपनि मृत्यू हुनेको संख्या भने घट्दै गएको छ। आर्थिक बर्ष २०७४/७५ सम्म साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा दुर्घटनामा परि मृत्यू हनेको संख्या अघिल्लो बर्ष भन्दा कम छ।

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर ११ गाग्रेताल बाटोमा स्कूल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। सोमबार बेलुका साढे पाँच बजेतिर सुप्रिम बोर्डिङ स्कूलको भे१क ४७३ नम्वरको बसले ११ वर्षीय प्रदीप अधिकारीलाई ठक्कर दिएको थियो।

ट्रिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नुवाकोटको ककनी गाउँपालिक वडा नम्बर १ चिसोधारा स्थित पासाङ ल्हामु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुर्इ घार्इते भएका छन्।

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

हाइलक्स दुर्घटनामा वेपत्ता भएका दुईको शव भेटियाे

रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हाइलक्स दुर्घटना हुँदा दुईको अवस्था अज्ञात

पाल्पाकाे रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जना व्यक्ति हराएका छन्। हाइलक्समा सवार दुई व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रहरी समेत अन्यौलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्