५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर ११ गाग्रेताल बाटोमा स्कूल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। सोमबार बेलुका साढे पाँच बजेतिर सुप्रिम बोर्डिङ स्कूलको भे१क ४७३ नम्वरको बसले ११ वर्षीय प्रदीप अधिकारीलाई ठक्कर दिएको थियो। 

टाउकोमा गम्भीर चोट लागेका उनको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचारको क्रममा बेलुका छ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए। उक्त बस र चालक वीरेन्द्रनगर ८ इत्रामका २४ वर्षीय तेजबहादुर रानालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०७५ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App