१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ यात्रु घाइते

दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं. को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

बसको ठक्करबाट दिदी र भाईको मृत्यु

पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो।

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। घटनामा अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ।

तालमा सयर गर्दै हुनुहुन्छ, हाेसियार!

२०६८ वैशाख ५ गते वेगनासतालमा भएको डुंगा दुर्घटनामा ३ जनाको मृत्यु भयो। तालमा सयर गरिरहँदा चट्याङ लागेर तीनजना महिलाले तालमा खसेर ज्यान गुमाएका थिए।

बस दुर्घटनामा ३६ घाईते

रुपन्देहीको सैनामैनामा सोमबार रुखमा बस ठोक्किदा ३६ यात्रु घाईते भएका छन्। बुटवलबाट तुल्सिपुर दाङ जाँदै गरेको  ना ४ ख ५५३५ नम्बरको बस रुखमा ठोक्किएर दुर्घटना भएको हो।

हेलिकोप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय समिति गठन

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ।

बर्सेनि हेलिकोप्टर दुर्घटना

‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।

माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा आईतवार भएकाे मोटरसाइकल दुर्घटना परि २ जनाको मृत्यु भएको छ।

दक्षिणी सुडान विमान दुर्घटना (अपडेट) : १७ काे मृत्यु, ३ काे जिवितै उद्धार

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा मृत्यु भएका १७ जनाको शव भेटिएकाे छ। आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट २२ यात्रु लिएर यिराेलका लागि उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो।

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना, कम्तीमा ६ काे मृत्यु

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट यात्रु लिएर उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो।

हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयाे

शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं अाउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार काठमाडौँ ल्याइएकाे छ।

बेगनास तालमा बेपत्ता ६ जनाको शव भेटियो

बेगनास तालमा डुंगा पल्टिएर डुब्दा बेपत्ता भएका ६ जनाको शव आईतबार बिहान साढे ११ बजे निकालिएको छ। छ जनाको शव निकालिएपछि तालमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ८ पुग्यो।

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ।

अपडेट : बेगनास तालमा डुंगा पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता

दर खान माइती गएका ८ जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ। तीन जनाको उद्दार गरिएको छ। उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई ) र ३२ वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्