हेलिकप्टर दुर्घटना (अपडेट) : पाँच जनाकाे शव फेला, एक गम्भीर घाइते
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो।
चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–३ को झुरझुरेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
धनुषा र नुवाकोटमा बुधबार भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। धनुषामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दाजुभाईको घटनास्थलमै मृत्यु भएको हो।
भारतमा ४० यात्रु सवार डुंगा नदीमा डुबेको छ। गुहावटी सहर नजीकै रहेको ब्रह्मापुत्र नदीमा ४० यात्रु सवार डुंगा डुब्दा केही यात्रु पौडेर वाहिर निस्कन सफल भएका छन् भने अधिकांश महिला तथा स्कुले बालबालिकाहरु हराइरहेका छन्।
ट्याक्टर दुर्घटना हुँदा खोटाङमा चालकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको सोल्मातर्फबाट रत्नपार्कतर्फ जाँदै गरेको को २ त १३८८ नम्बरको ट्याक्टर अल्छेढुंगामा दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको हो।
एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ।
बर्दियाको बाँसगढीमा यात्रु वाहक बस दुर्घटना हुँदा एक पैदल यात्रीकाे मृत्यु भएको छ भने बसमा सवार अन्य सात घार्इते भएका छन्।
सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। तीनको अवस्था गम्भीर छ।
अनियन्त्रित भएर घरभित्र छिरेको मोटरसाइकलको ठक्करबाट खोटाङमा दुई जना घाइते भएका छन्। सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको बाइक अनियन्त्रित भएर पसल घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाइते भएका हुन्।
ट्रकमा ल्याइएको मार्बलले किच्दा खोटाङमा एक गम्भीर घाइते भएका छन्। तराईबाट ल्याइएको मार्बल अनलोड गर्ने क्रममा ढलेको मार्बलले किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रुद्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका हुन्।
सिन्धुली र धनकुटामा भएको छुटाछुटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा सिन्धुलीमा २ जना र धनकुटामा १ जनाको मृत्यु भएको हो।
पृथ्वी राजमार्गस्थित त्रिशुली नदिमा ट्रिपर खस्दा १ जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्।