२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नियमित औषधि सेवनकर्तालाई निःशुल्क वितरण गर्दै भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका स्थानीयलाई निःशुल्क औषधि वितरण गरिरहेको छ । लकडाउनका समयमा औषधिको सहजताका लागि दिर्घरोगी (नियमित रुपमा) औषधि सेवन गरिरहेका गाउँपालिकाका डेढ सय बढीलाई निःशुल्क औषधि वितरण गरिरहेको हो ।

थप २५ जनामा कोरोना, संक्रमितको संख्या ४ सय २७

नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा बाँकेका ६ जनामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ५ र खजुरा गाउँपालिकाका १ जना छन्।

ताप्लेजुङका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

बेग्ला बेग्लै घटनामा परी ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । काठ र दाउराका लागि रुख ढाल्ने क्रममा फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुको मयायमा १ जनाको मृत्यु भएको छ ।

स्वेच्छिक कोरोना परीक्षणको शूल्क तोकिएको छैन, छलफलमै छौं : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक कोरोना परीक्षणको लागि कुनै शूल्क नतोकिएको बताएको छ। मन्त्रालयले मंगलबार स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने स्वदेशी तथा विदेशीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने सर्त सहित तोकिएका स्वास्थ्य संस्था मार्फत सशूल्क परीक्षग गराउन सक्ने बताएको थियो।

घरमै गरौं योगा र व्यायाम

मनलाई खुशी र मानसिक समस्या हटाउन योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । दीर्घकालीन रोगहरु जस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात, क्यान्सर हुने समस्या पनि हुन सक्छ ।

भक्तपुरको ल्योसिंखेल क्षेत्र सिल

प्रत्येक वर्ष विस्केट जात्रामा लिंगो उठाउने भक्तपुरको ल्योसिंखेल क्षेत्र सिल गरिएको छ । भक्तपुर जिल्लाकै स्थानीयमा पहिलो पटक भक्तपुर नगरपालिका वडा नं ५ निवासी ४२ वर्षीय पुरुषमा कोरोना पुष्टी भएपछि बुधबार विहानैदेखि त्यस क्षेत्रलाई सिल गरिएको हो ।

पीसीआर खरिद गर्ने तयारीमा स्थानीय तह

कोरोना परीक्षणको दायरा पालिकास्तरसम्म ब्यापक बनाउन ताप्लेजुङका ९ स्थानीय तहले कम्तिमा २ हजार थान स्वाब संकलन गर्ने पीसीआर भाईल र स्टिक खरिद गर्ने भएका छन् ।

कोरोनाविरुद्ध एकजुट हुन आग्रह

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना संक्रमित भेटिएको विषयमा सामाजिक सञ्जालमा अनावश्यक बादबिबादमा नउत्रन आग्रह गरिएको छ ।

भुल्केका पाँच भारतीयसहित आठ जना कोरोनामुक्त

उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये आठ जना कोरोना भाइरस (कोभिड–१९) लाई जितेर बुधबार डिस्चार्ज भएका छन् । गत वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचारत त्रियुगा नगरपालिका–३ भुल्केका १६ जमातिसहित ३२ संक्रमितमध्ये पाँच भारतीय र तीन भुल्केका स्थानीय निको भएर डिस्चार्ज भएका हुन् ।

मुम्बईबाट आएका भैरहवाका एक पुरुषमा कोरोना पोजिटिभ

रुपन्देहीको भैरहवा बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ । कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका ३६ वर्षिय युवाको आरडिटी र स्वाब दुबै परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

आइसोलेसन बनाउने ठाउँ खोज्दै रोल्पा अस्पताल

साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो ।

कोरोनाविरुद्धको कोषमा १७ लाख ४२ हजार जम्मा

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा १७ लाखभन्दा बढि रकम संकलन भएको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा शुभेच्छुकदाताबाट १७ लाख ४२ हजार ७४० रुपैयाँ रकम जम्मा भएको हो ।

संक्रमित युवा कोभिड–१९ उपचार केन्द्र भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवालाई अस्पताल भर्ना गरिएको छ । गत सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि २० वर्षीय युवालाई उपचारका लागि मंगलबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर भर्ना गरिएको हो ।

रसुवामा आजदेखि सेल्फ क्वारेन्टिनमा बसेका व्यक्तिको आरडिटी परीक्षण सुरु

आरडिटी परीक्षण गर्न ल्याब टेक्निसियन आवश्यक पर्ने र आमाछोदिङमो गाउँपालिका बाहेक अन्य चारवटा गाउँपालिकामा टेक्निसियन भएका कारण पहिलो चरणमा चारवटा गाउँपालिकामा परीक्षण गरिने छ । जिल्लामा अहिले ८ जना ल्याब टेक्निसियन कार्यरत छन् ।

युएईमा कोरोना नियन्त्रणका लागि कडा नियम, उल्लंघन गरे ठूलो जरिवाना र सजाय

संयुक्त अरब ईमिरेट्स (युएई) मा कोरोना नियन्त्रणका लागि विगतमा लागू गरिएका नियमहरु हेरफेर गर्दै ठूलो जरिवाना र सजाय सहितको नयाँ नियम लागू भएको छ। युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले राष्ट्रिय निर्मलिकरण अभियानको समयतालिका परिवर्तन गर्दै आज (बुधबार) देखी बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवातजावतमा कडाई गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्