२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्वेच्छिक कोरोना परीक्षणको शूल्क तोकिएको छैन, छलफलमै छौं : मन्त्रालय

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक कोरोना परीक्षणको लागि कुनै शूल्क नतोकिएको बताएको छ। मन्त्रालयले मंगलबार स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने स्वदेशी तथा विदेशीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने सर्त सहित तोकिएका स्वास्थ्य संस्था मार्फत सशूल्क परीक्षग गराउन सक्ने बताएको थियो।

यस लगत्तै समाजिक संजालमा कोरोना परीक्षण गर्न चर्को शूल्क तोकिएको भन्दै विरोध भएको छ। त्यस विषयमा सर्वसाधारणले व्यक्त गरेका प्रतिक्रिया प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ। सार्वजनिक अस्पतालमा लामवद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै सशुल्क परीक्षणको व्यवस्था गर्न लागिएको समेत आईसीएस कोर्डिनेटर डा.गुणराज लोहनीले बताएका छन्।  

परीक्षणलाई दायरालाई व्यापक बनाउने लागि यसो गरिएको भन्दै मन्त्रालयले यसमा कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी रहेको बताएको छ।

निशुल्क परीक्षण गराउनेकी सशुल्क परीक्षण गराउने व्यक्तिको इच्छा भएको बताउँदै मन्त्रालयले सशुल्क परीक्षण गराउने संस्थाले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने, गोपनीयता र नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्नुपर्ने बताएको छ।

 

प्रकाशित: ७ जेष्ठ २०७७ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App