बाग्मती सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोसी–मरिन
सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।
सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।
रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन्। शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार आएका नेपालस्थित चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन।
भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ।
रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।
प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन्।
रदेश नम्बर तीनको मन्त्रिपरिषद आज विस्तार हुँदैछ। मुख्यमन्त्री डोरमणि पौडेलले ४ मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। यस अघि माओवादीबाट शालिकराम जमरकट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र एमालेबाट केशव स्थापितले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सम्हालिसकेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार (आज) दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै छन्। संघीय समाजवादी फोरम र राजपाले ५/५ जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो।
नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको अधिकांश स्थानमा बिजुली नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेको हो।
एमाले संसदीय दलभित्र आन्तरिक सहमति जुट्न नसकेका कारण प्रदेश ४ को मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुने भएको छ ।वाम गठबन्धनको सरकार बन्ने यो प्रदेशमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र सभामुखसहित दुई मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रदेश ५ को सरकार विस्तारमा ढिलाइ भएको छ । दुई दलबीच कुनले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । यो विवादले सरकार विस्तारमा अझै बिलम्ब हुने देखिएको छ।
मन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । फागुन ३ गते पा“च सदस्यीय मन्त्रिमण्डल गठन भए पनि बा“की मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व समालेको ११ दिनपछि सोमबार सत्तासाझेदार नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तयारी छ । अहिले एमालेका दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् छ।