९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा मन्त्रिपरिषद विस्तार, ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

जनकपुर – प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन्।

थपिएका मन्त्रीमा संघीय समाजवादी फोरमबाट ज्ञानेन्द्रकुमार यादव (आन्तरिक मामिला  तथा कानून) र शैलेन्द्र शाह (भुमी व्यवस्था कृषि तथा सहकारी), राजपाका तर्फबाट नवलकिशोर शाह (सामाजिक विकास) र रामनरेश राय (उद्योग पर्यटन वन तथा वातावरण) रहेका छन्।  

राज्यमन्त्रीमा भने तीन जना फोरमबाट मात्रै नियुक्त भएका छन्। मुख्यमन्त्री राउतले सरोज सिंहलाई आन्तरिक मामिला तथा कानून, योगेन्द्र यादवलाई भुमी व्यवस्था कृषि तथा सहकारी, उषादेवी यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट सपथ लिए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद हुँदा राजपाले राज्यमन्त्री पठाउन सकेन। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App