२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

प्रकृति दोहनको परिणाम भोग्दैछौं हामी

विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकको गल्तीको परिणाम हाम्रो जस्ता गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ ।

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

पछिल्लो २४ घण्टामा ३३४ जना कोरोनाका विरामी थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। अहिलेसम्म उपचार पछि निको भएर २९० जना घर फर्केका छन् भने १० जनाको मृत्यु भएको छ।

उदयपुरमा विहान ६ देखि ११ बजेसम्म पसल खुल्ला

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न देशभर झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उदयपुरमा सहज बनाउने तयारी गरिदैछ । कोरोना कहरमा ७१ औं दिनदेखि जारी लकडाउनको स्थानीयले स्वतः अवज्ञा गर्न थालेपछि केही खुकुलो पार्ने विषयमा छलफल अघि बढाइएको हो ।

कस्तो होला कोरोनापछिको पर्यटन ?

विकसित राष्ट्रले व्यवसायीलाई राहतको प्याकेज ल्याइसकेका छन् । हामी पनि राज्यबाट केही सान्त्वना लिन चाहन्छौ । व्यवसायीलाई परेको संकटमा सरकार बोल्नै पर्छ ।

गण्डकी प्रदेशमा थपिए १६ संक्रमित

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ|

कोभिड संकटमा सेना परिचालन

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिचालन गरिएको छ। सरकारले मंगलबार सेना परिचालन गर्ने निर्णय गरेसँगै कार्ययोजना अन्तर्गतको जिम्मेवारी समाल्न सेना परिचालन भएको हो।

कोरोनाको चपेटामा कपिलवस्तु : एक महिना नबित्दै ४०२ जनामा संक्रमण

गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ सय २ जा पुगेको छ । एम महिना बित्न नपाउदै कपिलवस्तुमा कोरोना संक्रमितको संख्याले ४ सयको आकडा पार गरेको छ । वैशाखको दौश्रो साता देखि भारतमा लकडाउनको स्वारुप परिवर्तन गरिए पछि भारतमा रहेका नेपाली मजदुरहरू धमाधम नेपाल फर्किन थाले ।

तीन-चार दिनको बाटो पार गर्न २७ दिन

गाडीमा चढेर यात्रा गर्दा खोटाङबाट भारतको आगरा बढिमा तीन-चार दिनको बाटो हो । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राईलाई आगराबाट गाउँ आइपुग्न २७ दिन लागेको छ । गत मे २ तारिख (बैसाख २० गते) आगराबाट हिँडेका राजु जेठ १६ गतेका दिन बाक्सिला आइपुगेका छन् ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमित बढे

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्।

कोरोना नियन्त्रणका लागि सरकारले कति खर्च गर्‍यो?

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म अरिब १० अर्ब रुपैयाँ खर्च गरेको छ। महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ।

थप २ सय १ जनामा कोरोना संक्रमण

नेपालमा बुधबार २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।

सरकारी स्कुल निजी जस्तो हुन किन सक्दैनन् ?

सरकारले बोल्नचाहिँ धेरै बोलेका हुन्छन् । कहिले रेल ल्याइदिन्छु भन्छन् । कहिले भान्सासम्मै ग्याँस ल्याइदिन्छु भन्छन् । कहिले पाइपबाटै तेल ल्याइदिन्छु भन्छन् । हैन ल्याउनेचाहिँ कहिले होला ?

कोरोनाको कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ९ जना पुगेको छ। मृत्यु हुने व्यक्ति दोलखाका ७६ वर्षिय पुरुप छन्। उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए।

लकडाउन डायरी

मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्