२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार २ सय ३५

थप ३२३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये २८६ जना पुरुष र ३७ जना महिला छन्।

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। डोल्पाका जगदुल्लाका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको हो। जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषले सुर्खेतमा दमको उपचार गराएर घर फर्केका थिए।

गगन थापाको प्रश्न : बजेट निर्माणमा संसदको भूमिका के ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायत कालमा बजेट निर्माण भएजसरी बहुदलीय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताएका छन्। संसदमा बोल्दै उनले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताए।

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ–सांसद

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गरेका छन्।

लकडाउनको ७५ औं दिन : उपत्यकामा सवारी चाप बढ्याे

सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित

कास्किमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कास्कीको रुपा गाउँपालिकामा दुइ जनामा कोरोना देखिएको हो। रुपा गाउँपालिकाका २३ र ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

युएई र म्यानमारबाट १९४ स्वदेश फर्किए

कोभिड १९ को महामारीबिच विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने सरकारी तयारीअन्तर्गत शुक्रबार युएई र म्यानमारबाट १९४ जना स्वदेश फर्किएका छन् । शुक्रबार बिहान म्यानमारबाट एयरफोर्सको विमानबाट २६ जना स्वदेश फर्किएका थिए । तीमध्ये १७ जना बाग्मती प्रदेशका, चारजना गण्डकी प्रदेशका र चारजना १ नम्बर प्रदेशका हुन् ।

पूर्वमन्त्री ढकालद्वारा गोरखामा १ सय परिवारलाई खाद्यान्न सहयोग

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले आफ्नो जन्मथलो गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका, वडा नम्बर ८ का निम्नआय भयका १०० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन्।

म्यान्माबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा

म्यान्माबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ। बिहान ११ बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।

कोरोनाको ‘हटस्पट’मा खुसीयाली छाउँदै

नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ ।

भोजपुरमा पाँच जनामा कोरोना पुष्टि

भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो, थप एकको मृत्यु

पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन्। यस्तै सुर्खेतमा एकजनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ पुगेको छ।

पृथ्वीलाई चिठी

पृथ्वी आज म तिमीलाई वाचा गर्छु कि तिमीलाई सधैं सफा बनाउँछु । हरियाली बनाउनी बाचा गर्छु । प्लान्ट रोप्नी बाचा गर्छु । प्लान्ट रोप्यो भने हामीले अक्सिजन पाउँछौं ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

मृत्यु भएको तीन दिनपछि कोरोना पुष्टि

तीन दिन अघि मृत्यु भएका पाल्पाका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो संगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षे एक पुरुषको मिसन अस्पताल पाल्पामा उपचारका क्रममा जेठ २० गते मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्