११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो, थप एकको मृत्यु

पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन्। यस्तै सुर्खेतमा एकजनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ पुगेको छ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ।

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै अहिलेसम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन्। देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३२ पीसीआर प्रविधि र आरडिटी विधिबाट ७ हजार ४ सय २ जनाको परीक्षण भएको छ। अहिले सम्म ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण भएको छ भने १ लाख २९ हजार ९ सय ६६ आरडिटी परीक्षण भएको छ।

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App