१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कटारी-घुर्मी सडक मर्मतको माग गर्दै ‘सडक बैठक

वर्षौंदेखि जीर्ण सिद्धिचरण लोकमार्ग मर्मत नगरेको भन्दै स्थानीयले नयाँ शैलीले विरोध गर्न थालेका छन्। लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको मर्मत नगरेको भन्दै बीच सडकमै स्थानीयले बैठक राखेर विरोध जनाउन थालेका हुन्।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ।

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

म्याग्दीको मोतीचौरमा मुक्तिनाथको झल्को

मौतीचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुन्छ। सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन्।

सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी

पोखरा देशकै ठूलो महानगरपालिकामा पर्छ। यसको वार्षिक बजेट ६ अर्ब १९ करोड रुपैयाँ छ। जसको एक–डेढ प्रतिशतमात्र रकम खर्चिने हो भने पनि सेतीको डिपिआरदेखि इआइए र जोखिम मूल्यांकन गर्न पुग्छ। तर महानगरपालिका त्यो दायित्वबाट पन्छिएर बतास समूहलाई सम्पूर्ण जिम्मा दिने तयारीमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्