७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालमा हेजिङ चाहिन्छ भन्दा देश बर्बाद बनायो भन्ने आरोप लाग्योः अर्थमन्त्री

‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ। हाम्रो नीति, कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ। सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ। ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने? हाम्रो रिस्वर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट? गर्ने कसरी? गम्भीर प्रश्न छ। पहाड फोरेर ढुंगा चलाउनै हुन्नरे कुनै ठाउँ नचलाउने होला। एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन?'

नेपाल पूर्वाधार सम्मेलन २०२२: लगानी भित्र्याउन लचिलो नीति आवश्यक

स्वदेशी र विदेशी लगानी मुलुकमा भित्र्याउनका लागि सरकारले लचिलो खालको अर्थ नीति अगाल्नुपर्ने सरोकारवालाहरूले बताइएको छ।

‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’

‘यो सम्झौता जलवायु न्यायको विरुद्ध छ,’ प्रदर्शनमा सहभागी युवा अभियन्ता तथा वातावरणीय कानुनकाज्ञाता दिलराज खनालले भने, ‘विश्व बैंक जस्तो संस्थाले जलवायु ऋण लाद्न पाउँदैन।’ उनले थप, ‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु अनुदान लिन्छौँ भन्ने तर लिने बेलामा ऋण लिन? यस्तो गर्न पाइँदैन।’

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

डिजिटल जीवनरेखाको आवश्यकता

सन् २०२०मा ८० करोड सर्वसाधारण पहिलोपटक अनलाइनमा जोडिएका थिए भने ५८ वटा कम तथा मध्यम आय भएका राष्ट्रले कोभिड–१९को राहत डिजिटल भूक्तानी प्रणालीमार्फत गरेका थिए। यो बढोत्तरी र रुझानलाई व्यवस्थापन गर्न विश्वका ८० देशका सरकार र नियमनकारी निकायले अनुकूल नियमहरू बनाएका थिए।

निर्यात प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागिता आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

आर्थिक सुधार कार्यक्रमको आवश्यकता

अहिले अर्थमन्त्री भिन्दै पार्टीका भए पनि मुलुकको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। समय छोटो छ तर पनि विगतमा जस्तै प्रतिपक्षलाई विश्वासमा लिएर दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रमको घोषणा यही बजेटमार्फत गर्न सके अहिलेको समस्या दीर्घकालीन रूपमा समाधान हुन बाटो खुल्नेछ।

‘हाम्रो होइन, राम्रो छानौं’

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएको छ।

ऋण नीति आवश्यक

विदेशी ऋण र अनुदानबाहेक विकास परियोजना निर्माण संभव नभएको यथार्थ जान्दाजान्दै पनि मुलुकका राजनीतिक दलबीच वैदेशिक सहयोग लिने सवालमा एउटै नीति बन्न सकेको छैन।

भारतीय नागरिक मानव अंगसहित पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ।

महालक्ष्मी विकास बैङ्कको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैङ्कको परासी शाखा रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छः महामन्त्री थापा

नेता थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए। उनले भने, 'उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो।' उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे।

मिरगञ्ज पुल भासियोः विराटनगर नाकाको आयात –निर्यात ठप्प

पुलमा सबै किसिमका मालबाहक सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएका कारण बिहीबारदेखि विराटनगर नाकाबाट हुने आयात–निर्यात ठप्प भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्