९ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

विराटनगरस्थित जनता आदर्श बहुमुखी क्याम्पसले  कला संकायतर्फ सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने भएको छ। यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा क्याम्पसका क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले चालु शैक्षिक सत्रदेखि क्याम्पसले स्नातकोत्तर तहमा सामाजिक कार्य र शिक्षा शास्त्र संकायमा पनि स्नातकोत्तर तहको पठनपाठन सञ्चालनमा ल्याउने तयारी गरेको  बताए। उनले सामाजिक कार्य विषयमा क्याम्पसले स्नातक तहको पठनपाठन सञ्चालन गरिरहे पनि स्नातकोत्तरको पढाइका लागि काठमाडाैँ नै जानुपर्ने बाध्यता रहेको थियो।

अब, विराटनगरमै स्नातकोत्तर तहको पठनपाठन हुने भएपछि यहाँका विद्यार्थीहरूले विराटनगरमै उच्च शिक्षाको अध्ययन गर्न पाउने भएको निरौलाले बताए। सेमेस्टर प्रणालीबाट पठनपाठन हुने सामाजिक कार्य विषयमा बढीमा ३३ जना विद्यार्थी भर्ना गर्ने क्याम्पसले जनाएको छ।

शिक्षातर्फको स्नातकोत्तर तहमा भने ६० जना विद्यार्थी भर्ना गरिने छ। पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस  जनता आदर्श बहुमुखी क्याम्पसमा सुरु गर्न लागिएको एमएड शैक्षिक कार्यक्रममा हाल अंग्रेजी, नेपाली र इपीएम विषयको पठनपाठन गरिनेछ।

यस्तै क्याम्पसले ‘विशेष आवश्यकताका शिक्षा’ को पनि पठनपाठन गर्दै आएको छ। यस्तै कानुनतर्फ पाँच वर्षे बीए, एलएलबी र तीन वर्षे एलएलबी विषयको पठनपाठन पनि सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App