३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कबाडी गोदाममा अखाद्य तेलको कारोबार

राजेश चौरासियाको कवाडी कारोबार गर्ने गोदाममा अखाद्य तथा गुणस्तरहीन तेल जर्किनमा राखेर बिक्री गरिरहेको अवस्थामा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । चावहिलस्थित भत्केको पुलमा चौरासियाको कवाडी गोदाममा ब्रान्ड नखुलेको तेल जर्किनमा लुकाएर बिक्री वितरण गर्ने गरीएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

औद्योगीक प्रदर्शनीमा दुई करोडको कारोबार

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजनामा गरेको १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी करिब साढे दुई करोडको कारोबार भएको छ । प्रदर्शनी एक हप्तासम्म भृकुटीमण्डपमा चलेको थियो ।

४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ

र्सा प्रहरीले ४८ केजी गाँजासहित दुई कारोबारी पक्राउ गरेको छ । विश्रामपुर गाउमा रहेका कारोबारीको घरमा छापामारी ४८ किलो गाँजा र प्याकिङ गर्ने सामग्री बरामद गरेको छ । पक्राउ पर्नेमा बहदुृरामाई नगरपालिका –९ बिश्रामपुरका ३० वर्षे शर्माप्रसाद कलवार र उनका भाई २७ वर्षीय गम्भिर साह कलवार रहेका प्रहरी उपरीक्षक गणेश रेग्मीले जनाए ।

अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।

गाँजा कारोबारी पक्राउ

लागू औषध गाँजालाई भारत पुर्‍याउन लाग्दा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ।

१६ करोडको कारोबार गर्दै सहकारी

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ । कर्मचारी बोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध संञ्चालक मदनराज भट्टले जानकारी दिए । सहकारीमा सात हजार सदस्यको ७ करोड सात लाख ४२ हजार रकम बचत रहेको छ ।

बिटकोन कारोबारीले प्रयोग गरेका १५ सामान दोलखाबाट बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध भर्चुवल मुद्रा बिटक्वाइन कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही बढाइरहेको छ। प्रतिवादी प्रशान्तप्रता शाहले दोलखा तामाकोशी-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिई बिटकोन माइनिङको कार्य गरिरहेको स्थानबाट १५ किसिमका सामान बरामद गरेको छ।

प्लास्टिक छाप्रोमा लाखौंको कारोबार

काठमाडौंका मल र सपिङ सेन्टरहरुमा चाडपर्वसँगै चहलपहल बढेको छ । उपत्यकाका मलहरुमा विभिन्न अफरका साथ ‘सेल मेला’ पनि चलिरहेको छ । बम्पर अफर र क्यासब्याक जस्ता अफरले उपभोक्ता तानिरहेको छ । यस्तै उपभोक्ताको भीड लागिरहने अर्को ठाउँ हो– भृकुटीमण्डप ।

सहकारीबाटै करिब ८० करोडको दुग्ध कारोबार

मकवानपुरमा गत आर्थिक बर्ष २०७३/७४ मा ७९ करोड ६३ लाख ४४ हजार ५ सय रुपैयाँको कारोबार भएको छ।

‘नक्कली नोटको कारोबार गाउँतिर’

सहरी भेगमा सहज नभएपछि गिरोहले ग्रामीण भेगका बासिन्दामार्फत नक्कली नोट बजारमा भिœयाउन सक्ने नेपाल राष्ट्र बैंकले आशंका गरेको छ ।

लागूऔषधसहित कारोबारी पक्राउ

इटहरी बजार क्षेत्रबाट मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषधसहित दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

सेयर कारोबार रकममा कीर्तिमान

सेयरबजार मापक नेप्से घटे पनि कारोबार रकमका आधारमा बुधबार कीर्तिमान कायम भएको छ। यसअघि साउनमा नेप्से कीर्तिमान १८८१.४५ बिन्दुतर्फ लागेका बेला कारोबार रकमले पनि कीर्तिमान कायम गरेको थियो।

सेयर कारोबार गर्न मुख्य सहर छिरे ब्रोकर

सेयर कारोबार गर्न ब्रोकरहरु मुख्य सहर छिरेका छन्। ब्रोकर कम्पनीहरुले आइतबार पहिलोपटक नेपालगन्ज, बनेपा र विर्तामोड शाखाबाट पनि सेयर कारोबार सुरु गरेका छन्। नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केही ब्रोकरले शाखा विस्तार गरे पनि नेपालगन्ज, बनेपा र विर्तामोडमा भने लगानीकर्ताले पहिलोपटक सेयर खरिद–बिक्री गर्न पाएका हुन्।

‘टेलियाले ‘अफसोर’ कारोबार भनेर कर छल्न खोज्यो’

एनसेलको ८० प्रतिशत सेयर बिक्रेता युरोपेली कम्पनी टेलियासोनेराले ‘अफसोर’ कारोबार भनेर नेपालमा कर छल्न खोजेको नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्