ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट
ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।
ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।
विदेशबाट प्राप्त गरेका सवारीचालक अनुमति पत्र, सिफारिस पत्र र अनुभव पत्र नेपालीमा उल्था गर्ने बहानामा नक्कली बनाउने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।
नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
धितोको अत्याधिक मूल्याङकन गराएर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट रकम ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सेयरधनी बन्नु छ ? आजै किन्नुस् एक कित्ता सेयर ! किनकि, अब एक–दुई कित्ता सेयर किनबेच गर्न शुक्रबारसम्म कुर्नु पर्दैन। जुनसुकै दिन एक कित्तासम्म सेयर किन्न सकिन्छ।
अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य खुलासा भएको छ। मार्तडी स्थित केही व्यापारी र प्रतिष्ठीत व्यक्तिहरु मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो।
प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् ।
प्रहरीले सुन तस्करीमा संलग्न संगठित गिरोह खोज्न थालेको एक वर्षमा संयौ किलो सुन बरामद भएको छ । हजारौं किलो भारत पुगेको शंका प्रहरी स्वयंले गरेको छ ।
सर्वसाधारणले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबारमा मन्दी आएको छ। आधाभन्दा बढी फाइदा हुने आसमा सर्वसाधारण उक्त कम्पनीको सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबार बिहीबार ३२ करोडको मात्र हुन पुगेको छ। बुधबार ३६ करोडको कारोबार भएको थियो।
बैंक, वित्तीय संस्थाहरुले सेयर धितोमा राखी प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार आधाले घटेको छ। उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ।
पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको छ। पुस ७ देखि १७ गते सम्म सञ्चालन भएको महोत्सवमा रमाइलो मेला बाहेक १५ करोड बराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले जानकारी दिए।
राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा केन्द्रीय बैंक तथा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको भेट्यो । केन्द्रले गरेको पछिल्लो अनुगमनमा सरकारी तलबसुविधा खाने केही कर्मचारी बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबारका निम्ति लामबद्ध रहेको पाइयो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने मंगलबार घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ। कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो।
नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।