३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केरुङबाट कारोबार सुरु

रसुवा—गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन्। आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

प्रकाशित: १० कार्तिक २०७४ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App