२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्व विद्यार्थीद्वारा बालबालिकालाई ट्रयाकसुट प्रदान

सर्लाहीको हरिवनस्थित एक विद्यालयका पूर्व विद्यार्थीहरुको समूहले शुक्रबार आफूलाई अध्यापन गराउने गुरुलाई सम्मान एवं हाल अध्ययनरत बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ।

विपन्न समुदायका विद्यार्थीहरुलाई सोलार वितरण

जाजरकोटका विपन्न समुदायका विद्यार्थीहरुका लागि सोलर बत्ती वितरण गरिएको छ। पढ्नका लागि सजिलै उज्यालो बत्ती पाउन नसक्ने बिद्यार्थीहरुका लागि सोलार वितरण गरिएको हो।

प्रेयसीको उपचारका लागि विद्यार्थीको सहयोग

इलाम नगरपालिका–५, बरबोटेकी मुटुरोगी १८ वर्षीया प्रेयसी राईको उपचारका लागि जिल्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले उनको उपचारका लागि १२ हजार ५ सय रुपैयाँ बुधबार हस्तान्तरण गरे।

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्।

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ।

महाराष्ट्रमा ४० विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, चारको मृत्यु

महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्। उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

अंग्रेजी माध्यम र खाजाले विद्यार्थी बढे

कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२- ७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो ।

मतपरिमाण सार्वजनिकको माग गर्दै युवा विद्यार्थी बहसमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको मत सार्वजनिक गर्नुपर्ने माग राख्दै युवा–विद्यार्थीले सडकमा नै बहस गरेका छन् । एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको मत सार्वजनिक गर्न ढिलासुस्ती गरेको भन्दै सडक बहस गरेका हुन् ।

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन(फोटो/ भिडियो)

युवाविद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

रत्नपार्कमा प्रहरी र विद्यार्थीबीच झडप (भिडियो)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलबार निकालेको 'मुर्दा जुलुश' मा झडप भएको छ।

बेन्च-डेस्क नपाएर विद्यार्थीको बिजोग

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायःजसो आधारभूत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्यांग्रिँंदो चिसोमा पनि बालबालिका भुइँमा बोरा ओछ्याएर बस्न बाध्य छन् । छिन्नमस्ता गाउँपालिकाको महुवास्थित बिपी राप्राविमा आइतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुइँमै बसेर पढिराखेका थिए । उनीहरू सबै पाँच वर्ष उमेरमुनिका हुन् । तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरामा र बाँकी चिसो भुइँमै बसेका थिए ।

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली

सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ। तर, पढ्ने उमेरका बालबालिका लाम लागेर पारि (भारतीय बजार लौकाहा) का विद्यालयमा जान्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्