२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

देशभरिका सामुदायिक स्कुलले विद्यार्थी नपाएर विद्यालय बन्द गर्नुपर्ने वा गाभ्नुपर्ने बाध्यता आइरहेका बेला भक्तपुरको सामुदायिक विद्यायलमा भने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ । भक्तपुरको वागीश्वरी मावि च्याम्हासिंगले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि भर्ना कार्य रोकेको छ।

विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी भर्ना

सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ।

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

रोकिएन विद्यार्थीको ठेउला

डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला)को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। स्कुल तथा कलेजको १२ कक्षाभित्र पढ्ने उमेर समूहकालाई ठेउलाको संक्रमण फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए।

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

विद्यार्थी अभावमा विद्यालय बन्द

नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ। नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो।

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

त्रिपुरेश्वरस्थित बागमती किनारस्थित सुकुमबासी बस्तीका राजकुमार जिम्बाले पारिवारिक कारण पढाइलाई निरन्तरता दिन नसकेपछि बीचमै विद्यालय छाडे । पाठ्यपुस्तक र शुल्क निःशुल्क भए पनि विद्यालय जानका लागि आवश्यक पोसाक, खाजाको जोहो परिवारले गर्न नसकेपछि उनी बीचैमा विद्यालय छाड्न बाध्य भएका हुन्।

विद्यार्थीका लागि निःशुल्क, अभिभावकलाई सशुल्क

बिहानैदेखि पानीका जार र गेलनको लाइन लागेको छ । कोही काँधमा त कोही सवारी साधनमा पानी बोकेर फर्किंदैछन्। यसरी लाइन लागेको ठाउँ कुनै सार्वजनिक धारा वा कुवा होइन । यो त सिफलस्थित बालव्यवसायी माध्यामिक विद्यालय हो। यहाँ शिक्षा लिन बालबालिका मात्रै होइन, शुद्ध पानी लिन अभिभावक र टोलवासी यसरी नै बिहानैदेखि लाइन लाग्छन्।

निजी विद्यालयले बढाइएको शुल्क फिर्ता गर्ने, विद्यार्थीकाे आन्दोलन स्थगित

नेपाल सरकार र सरोकार भएका संगठनका प्रतिनिधिबीच आज भएको वार्तामा निजी विद्यालयमा बढाइएको शुल्क समायोजन गर्ने पाँच बुँदे सहमतिसँगै विद्यार्थी संगठनको आन्दोलन फिर्ता भएको छ।

निजी विद्यालयको शुल्कविरुद्ध विद्यार्थीको सिट्ठी जुलुस

विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले चर्को शुल्क लिएको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार (आज) देशैभरीका स्थानीय सरकारलाई सिट्ठी बजाएर शुल्क फिर्ता लिन दवाव दिएका छन।

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।

विद्यार्थी भर्ना : टिकाउ र बिकाउ

विद्यार्थीलाई विद्यालय भर्नासँगै हातहातमा नयाँ पाठ्यपुस्तक दिने नीति हुँदाहुँदै पनि वर्षैभरि पुस्तक नपाइकनै कतिपय विद्यार्थीले अन्तिम परीक्षामा समावेश हुनुपर्ने बाध्यता अझै छ।

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ। पाइसकेको छात्रवृत्ति कटौती भएपछि अमेरिका जान ठिक्क परेका नेपाली विद्यार्थी अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्