काठमाडौं – विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले चर्को शुल्क लिएको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार (आज) देशैभरीका स्थानीय सरकारलाई सिट्ठी बजाएर शुल्क फिर्ता लिन दवाव दिएका छन।
स्थानीय निकायमा भएका अधिकारलाई प्रयोग गरेर चर्को शुल्क लिने विद्यालयलाई कारवाही गर्नुपर्नेमा स्थानीय सरकार निदाइरहेको भन्दै उनीहरूलाई विउँझाउन सिट्ठी जुलुस निकालिएको अनेरास्वयुका सचिव आरसी लामिछानेले बताए। .
चर्को शुल्क फिर्ता नगरेसम्म विभिन्न चरणमा आन्दोलन जारी राख्ने आन्दोलनरत विद्यार्थी संगठनले जनाएका छन्। शुल्क वृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले यसअघि देशभर रहेका प्याब्सन र एनप्याब्शनका कार्यालयहरूमा तालाबन्दी गरेका थिए।
प्रकाशित: २१ वैशाख २०७५ ०८:५७ शुक्रबार