२७ पुस २०८१ शनिबार
image/svg+xml

साकेला–३ को मतगणना साढे ७ बजे

खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि सुरू हुने भएको छ । राति ९ बजेपछि गणना गर्ने भनिए पनि दल तथा उम्मेद्वारको सहमतिमा अगावै मत गणना सुरु गर्ने सहमति भएको मुख्या निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्यले बताए ।

मैले जनगणना गराएको लिम्पियाधुरा

त्यहाँको जनगणना २०१८ सालमा मैले गराएको हुँ। नेपालको त्यो छैटौँ राष्ट्रिय जनगणना थियो। त्यसअघिका पाचौँसम्मको जनगणना पनि निर्विवाद एवं निर्विघ्नता साथ सम्पादन भएका थिए। किनभने २०२० सालसम्म सम्पूर्ण लिम्पियाधुरा क्षेत्रमा कुनै विवाद थिएन। सन् १८१६ को सुगौली सन्धिले नेपालको क्षेत्रफल २ लाख, ४ हजार, ९१७वर्ग किलोमिटर बाट १ लाख,४७हजार १८१ वर्ग किलोमिटरमा खुम्च्याएको थियो।

सम्पत्ति गणनाबारे अलमल हुँदा आएन फैसला

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा भौतिक सम्पत्तिको विषयमा निश्चित मापदण्ड नभएको भन्दै अर्को आफ्नै फैसला नआउन्जेल टुंगो नलगाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले घरजग्गा, सम्पत्ति गणनासम्बन्धी सर्वोच्चको पूर्ण इजलासको उस्तै प्रकृतिको मुद्दाको फैसला कुर्दै आइतबार ‘अन्य’ आदेश गरेको छ।

लैंगिक अल्पसंख्यक गणना कठिन

यौनिक तथा लैंगिक अल्पसंख्यकले खुलेर आफ्नो पहिचान नदिँदा र उनीहरुका परिवारजनले त्यस्ता सूचना सकेसम्म लुकाउने गरेका कारण सही तथ्यांक संकलन गर्न सजिलो छैन।

अघिल्लोभन्दा २३३ प्रतिशत खर्चिलो

आगामी जनगणनाका लागि राज्यले पाँच अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। यसअघि २०६८ सालमा जनगणना गर्दा एक अर्ब ५० करोड खर्च भएको छ। यसको तुलनामा २०७८ लागत दुई सय ३३ प्रतिशतले बढी हो।

एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, गणना आजै

गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको क्रममा आज भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

राष्ट्रिय कृषि गणनाको तयारी हुँदै

राष्ट्रिय कृषि गणना २०७८ को तयारीस्वरुप धमाधम सरोकारवाला निकायसँग छलफल भइरहेको छ। यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागले बिहीबार हेटौंडामा कृषि गणनामा समेटिने विषयवस्तुबारे हेटौंडामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ।

शुक्लाफाँटामा बाह्रसिङ्गा घटे

विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको बासस्थान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको संख्या घट्दै गएको छ। निकुञ्जमा पाँच बर्षअघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको हो।

मतपत्र च्यात्ने मुद्दामा सजाय निर्धारण स्थगित

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको मुद्दामा दोषी ठहर भएका दुईजनालाई सजाय निर्धारण गर्न तोकिएको पेशी स्थगित भएको छ।

हृदयघातका कारण मतगणना स्थलमै गयो कांग्रेस नेताको ज्यान

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।

भारतीय लोकसभा मतगणना : प्रारम्भिक गणनामा एनडीए अगाडि

भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।

भारतीय लोकसभा मतगणनाः मोदीको गठबन्धन अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्