भारतीय लोकसभा चुनाव : मतगणना सुरु
भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।
भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।
केन्द्रीय तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा दुई वर्षपछि हुने जनगणनामा सक्षम गणक खटाउनुपर्ने सुझाव दिइएको छ। विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारीका सन्दर्भमा स्थानीय तहसँग छलफल गर्ने क्रममा भरतपुरमा आयोजित कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रविधिको जति नै धेरै विकास भए पनि गणकले कार्यक्षेत्रबाट ल्याउने तथ्यांक पारदर्शी र तथ्यपरक भएन भने गणनाको उद्देश्य पूरा नहुने बताए। यसअघिको जनगणना अनुभवलाई समेटेर प्रश्नावली सरल बनाउनुपर्ने उनको सुझाव छ।
आजदेखि छिमेकी मुलुक भारतमा आमनिर्वाचन हुँदै छ। यो चुनाव ६ हप्तामा सम्पन्न हुनेछ। आज ११ अप्रिलमा सुरु भएर २३ मेमा मतगणना सुरु हुन्छ र लगभग २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिन्छ। १ अर्ब ३० करोड जनतासंख्या रहेको भारतमा ९० करोड नागरिकको नाम मतदाता सूचीमा छ। यो आमनिर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूबीच पहिलो हुनेले जित्ने प्रणाली (फस्र्ट पोस्ट दि पास्ट सिस्टम)अर्न्तगत संघयी संसद लोकसभाका लागि ५ सय ४३ सांसद चुन्न मतदाताले आआफ्ना जिल्लामा मतदान गर्नेछन्।
कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।
बालविवाहविरुद्ध १५ हजार व्यक्तिले साझा प्रतिबद्धता जनाउने भएका छन्। सोमबारबाट सुरु बालविवाहविरुद्धको सञ्चार अभियानमा देशभरिका ७७जिल्लाका १५ हजार व्यक्तिले प्रतिबद्धता जनाउनेछन्।
नेपालको कुल क्षेत्रफलका हिसाबले सातवटा प्रदेशमध्ये प्रदेश नं. २ सबैभन्दा सानो प्रदेश हो। यसको क्षेत्रफल ९,६६,१०० हेक्टर छ, जुन नेपालको कुल भूभागको ६.५६ प्रतिशत हो। २०६८ को जनगणनाअनुसार यस प्रदेशको जनसंख्या करिब ५४,०४,१४५ रहेको छ जुन देशको कुल जनसंख्याको २०.२३ प्रतिशत हुन आउँछ भने जनघनत्वका हिसाबले प्रदेश नं. ३ पछिको यो दोस्रो स्थानमा रहेको छ। मानव विकास सूचकांकका हिसाबले यो प्रदेश अन्य प्रदेशहरूको तुलनामा कमजोर अवस्थामा पर्छ। करिब ५० प्रतिशत मात्र साक्षरता भएको यस प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतहरू सही उपयोग गर्न सकिएको छैन।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको जनाएको छ । बुधवार राष्ट्रिय तथ्याङ्क परिषद्को ३३ औँ तथा राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्त रूपमा बसेको थियो। बैठकमा जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन।
पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन्। तीमध्ये अधिकांशलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन।
गत वर्ष भएको स्थानीय तहको निर्वाचनको मत गतणनामा चित्त नबुझेपछि पुनः मत गणनाको माग गर्दै उच्च अदालत तुत्सीपुरमा परेको उजुरी खारेज भएको छ। रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ को वडाध्यक्षमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका पूर्णबहादुर मल्लले मत गणनाको क्रममा धाधली भएको भन्दै पुनः मत गणनाको माग गरेका थिए।
नेपाल अपांग महासंघले २०७८ सालको जनगणनामा अपांगहरुलाई समावेस गर्न माग गरेको छ।
प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक गरेकाे छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्।
नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो क्षेत्रमा विश्वमै लोपन्मुख बन्यजन्तु हिँउ चितुवाको गणना सुरु गरिएको छ। विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पाले गणना सुरु गरेको हो
भूकम्पप्रभावित जिल्लामा जनगणनाको तथ्यांकभन्दा बढी घरधुरी कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान बाँडेको पाइएको छ।