१३ आश्विन २०८१ आइतबार
image/svg+xml

झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो। उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

झन्झटिलो उद्धार प्रक्रिया, हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो। उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

भिभिआइपी हेलिकोप्टर खरिदमा साढे १४ करोड अतिरिक्त व्ययभार

नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकोप्टर अगस्टा वेस्टल्याण्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ।

हेलिकोप्टर सिट हटाउने निर्णय उल्ट्याउने प्रयास

नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

दुर्घटना जाँचबुझ समिति पाथीभरा मन्दिर पुग्यो

हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न गठित जाँचबुझ टोली ताप्लेजुङको पाथीभरा मन्दिर पुगेको छ। यही फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना भएपछि सरकारले जाँचबुझ समिति गठन गरेको थियो।

हेलिकोप्टर दुर्घटनामा हराईरहेको पेस्तोल भेटियाे

फुङलिङ नगरपालिका(१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ।

भिआइपीको सुरक्षा सवाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भिभिआइपी र भिआइपी) को सुरक्षा सावधानीबारे थुप्रै सवाल÷प्रश्न उठेका छन्। एक हिसाबले भन्ने हो भने अतिविशिष्ट एवं विशिष्ट व्यक्तिको आवागमनमा के–कस्ता सावधानी अपनाउनुपर्ने भन्ने पनि बहसको विषय भएको छ।

अधिकारीसहित ६ को अन्त्येष्टि

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

उडेको ३४ सेकेन्डमै दुर्घटना !

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटु ट्र्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो। भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टरनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो। यो प्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेको हेलिप्याडबाट भुँइ छाडेको देखिएको छ।

लापरबाहीले लियो ज्यान

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

अकस्मात् बन्याे पाथीभारा यात्रा

बिहानको ८ः३० भएको थियो, काठमाडौंबाट हेलिकोप्टर उड्दा। हेलिकोप्टरमा थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी। गन्तव्य थियो तेह्रथुमको चुहानडाँडा। त्यहाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अवलोकन गर्न गएको मन्त्री अधिकारीसहितको टोली चुहानडाँडा पुग्दा बिहानको ९ः५४ बजेको थियो।

अधिकारीको अन्तिम सम्बोधन

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा गरेको सम्बोधन नै उनको अन्तिम औपचारिक काार्यक्रम बन्न पुगेको छ। उनले कार्यक्रममा हवाई मैदान बनाउनेदेखि देशको समृद्धिबारे बोलेका थिए। उनको सम्बोधनको सम्पादित अंश –

बारम्बार किन हुन्छ ताप्लेजुङमा दुर्घटना ?

उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा प-यो। ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो। घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरूले अनेक बहस थालेका छन्।

कष्टकर ढंगले रात काट्यौं : उद्धारकर्ता

‘बुट्टा समाएर र ढुंगाको आड लिएर रात बितायौं। पानी परिरहेको थियो। चिसोले हात कठ्यांग्रिएर अडिन हम्मे परेको थियो। खानेकुरा केही थिएन। ११ बजेपछि कताबाट हो, अलिकति चाउचाउ र मकै आइपुग्यो। खाँदा दुवै हात प्रयोग भए खसिएला कि भन्ने डर। एक हातले बुट्टा समातेर अर्को हातले भेटेको अलिकति खानेकुरा खाइयो।’ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि काठमाडौंबाट आएका नेपाली सेनाका सिएआरटी टिममा कार्यरत मेजर चिरञ्जीवी चौलागार्इंको भनाइ हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्