४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२३ किलो चरेससहित एकजना पक्राउ

लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।

कारागारबाट छुटेको नौ महिनामै पेस्तोलसहित पक्राउ

प्रहरीले मोहन वैद्य समूह निकट रहेका एक व्यक्तिलाई चाइनिज पेस्तोल, त्यसका लोड भएको म्यागजि तथा ९ राउण्ड गोलीसहित भोजपुरमा पक्राउ गरेको छ।

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

कञ्चनपुरमा लागुऔषध मुद्दामा दुई सय १६ जना पक्राउ

विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित दुई सय १६ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

मुस्ताङमा प्रहरीको सुझाव: मुक्तिनाथ जाँदा दौडधुपको यात्रा नगर्नू

पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। ती मध्ये अधिकांश भारतीय रहेका छन।

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

ट्रक दुर्घटनामा परी घाइते नाै जनामध्ये एकको मृत्यु

धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये एकजनाको मृत्यु भएको छ।

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर

प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्