१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मल बोकेको ट्रक दुर्घटना हुँदा ९ घाइते

धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान १० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। 

घटनास्थलमा  ईलाका प्रहरी कार्यालय सुनौलो बजारबाट प्रहरी टोली खटिसकेको उनले बताए। घाइते भएका ९ जनालाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ। थप विवरण आउन बाकीँ छ।

प्रकाशित: २ वैशाख २०८१ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App