२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा परी घाइते नाै जनामध्ये एकको मृत्यु

धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका– ५ फ्याक्सीका १० वर्षीय सन्तोषा रम्तेल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। 

घाइते  अन्य ८ जनालाई एम्बुलेन्सबाट जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको उनले बताए। उनीहरुको पहिचान भने खुल्न सकेको छैन।

खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमल खोलानजिकै पाल्पाली टोलमा आज बिहान १० बजेतिर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ।

प्रकाशित: २ वैशाख २०८१ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App