११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीबाट दुई नाबालकको मृत्यु

अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु भएको छ। आगलागी आज बिहान १० बजेतिर भएकाे थियो। 

मेल्लेख गाउँपालिका  ६ सोरस बस्ने खम्म बोहोराको खरले छाएको घरमा एक्कासि आगलागी हुँदा रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दीपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले नागरिक न्यजलाई जानकारी दिए।

खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोमा परी ती नाबालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक  पाठकले बताए।  

प्रकाशित: ३ वैशाख २०८१ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App