१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाल प्रहरीका डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद–११ नियम १२७ (१) को देहाय बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुई जना बढुवामा सिफारिस भएका हुन्। सोमवार बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो।

५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन्।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका हुन् भने ढकालको प्राप्ताङ्क ७३.६३०६ रहेको छ।

प्रकाशित: ४ वैशाख २०८१ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App