६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नारायणगोपाल ३३औं स्मृति दिवस: राष्ट्रिय विभूति नारायणगोपाल

अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ।

पग्लिरहेका हिमाल सम्हाल्ने कसले?

विश्वका पर्वतीय तथा ध्रुवीय क्षेत्रमा हिउ (बरफ) जम्नु र पग्लनु प्राकृतिक प्रक्रिया मान्न सकिएला तर मानवीय गतिविधिका कारण जुन तीव्रतामा यो प्रक्रिया अगाडि बढेको छ, चिन्ता र चुनौती त्यहीँ छ।

इटहरीमा तीन दिने ‘साधना सङ्गीत उत्सव’

यस क्रममा नाम चलेका गायकगायिका याम बराल, भीषण मुकारुङ, राज सागर, जिना रसाइलीलगायतको प्रस्तुति रहनेछ।

नारायणगोपाल ब्लु मेमोरिज

पेमाला गुरुवाचार्यले लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’

युवा संगीत पुरस्कार मीना र आशिषलाई

यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार गायिका मीना पोखरेल निरौला र आशिष अविरललाई प्रदान गरिएको छ। राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहितले पुरस्कृत गरिएको थियो।

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ।

नारायणगोपालअघि र नारायणगोपालपछि

रत्नशमशेर थापासित भेट्नुअघि नारायणगोपालले प्रेमध्वज प्रधान र माणिकरत्न स्थापितको संयुक्त संगीतमा गीतकार राममान श्रेष्ठको शब्दमा ‘जीवन पंखका स्वाद लिएर उडे’ बोलको गीत रेडियो नेपालमा गाइसकेका थिए, स्वर परीक्षामा। शाही शासनकालको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिने परम्परा तोड्ने पहिलो गायक नै सम्भवतः नारायणगोपाल थिए।

‘रिजाल, यो गीत सुन्नुस् !’

नारायणगोपालले मलाई एउटा धुन दिएर गीत लेख्न भन्नुभयो। त्यो धुनले अलि नराम्रो संकेत गरे जस्तो मलाई लागेको थियो। गीत लेखेर दिएँ। उहाँले गाइसकेपछि सुनाउनका लागि मलाई आफ्नो घरमा बोलाउनुभयो। त्यो दिन प्राविधिक कारण गीत सुन्न पाइनँ। पछि उहाँको निधन भयो। शवयात्राको दृश्य टिभीमा देखाइएको थियो। दृश्यसँगै मैले सुन्न नपाएको त्यो गीत टिभीमा बजिरहेको थियो– झ-यो जिन्दगी, फुट्यो जिन्दगी...।

पाश्र्व गायनमा नारायणगोपालको छवि

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

नारायणगोपाल निवासमा नोस्टाल्जिक नीर

स्वरसम्राट नारायणगोपालको २८ औं स्मृति दिवस मनाउन बुधबार अभिनेता तथा गीतकार नीर शाह महाराजगञ्जस्थित नारायणगोपाल निवास पुगे। नारायणगोपालको घर पुग्नु अघि नै लरबराएका उनका पाइलालाई घरको कम्पाउण्डमा प्रवेश गराउन गाह्राे प-यो।

स्व. खेलाडीका परिवारलाई विमा रकम हस्तान्तरण

साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ।

दुईलाई नारायणगोपाल संगीत

उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इटु जोजिजुलाई  यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषले दुवैलाई उक्त पुरस्कार दिन लागेको हो ।

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई

राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ।  नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ साइट युट्युबमा नारायाण गोपालका गीतहरु अहिले पनि जीवन्त छन्। चर्चित छन्। कुनै बेला नारायण गोपालले डिस्कमा गीत रेकर्ड गराए। संगीत पारखीले त्यसमै सुनेँ। क्यासेटमा रेकर्ड गराए। स्रोताले त्यसमै सुने।

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्