नेसनल लाइफको निःशुल्क स्वास्थ्य शिविर
बझाङमा नेसनल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। रामप्रसाद खत्री स्मृति प्रतिष्ठान बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेसनल लाइफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङको खप्तडछान्ना गाउँपालिका वडा नं. ४, नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिंग माविको भवनमा २५ र २६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।