१ माघ २०८१ मंगलबार
image/svg+xml

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

वैदिक–आधुनिक विज्ञान महासम्मेलन सुरु

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा राजधानीमा शुक्रबारदेखि वैदिक–आधुनिक विज्ञान महासम्मेलन सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित महासम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

कर्णाली स्वास्थ्य विज्ञानको डीनमा प्राडा राना नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्राडा रेशमबहादुर राना नियुक्त भएका छन्र। प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले हालै प्राडा रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ। स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा सुरु गरेका प्राडा रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि गरेका हुन्।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

ज्येष्ठ नागरिकलाई सुविधासम्पन्न आश्रम

सबै घरका उस्तै संरचना। रंगरोगन पनि उस्तै। करिब दुईदेखि नाैँ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैलीमा झल्किएका घर, एक तले घरमाचाहिँ जस्ता, अरु धुरीमा टिनका छाना। साढे चार तले एउटा ठूलो भवन, अरु तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प एकै ठाउँमा छन्। खुला कम्पाउण्ड, बाटो तथा बत्तीको सुविधा र हरियाली तथा शान्त वातावरण।

युद्धप्रसाद पुरस्कार शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।

'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलाेड गर्न प्रतिष्ठानकाे आग्रह

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई 'लुट्न सके लुट' बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो।

अलिमियाँलाई ‘हेमराज पुरस्कार’

हेमराज पहारी स्मृति प्रतिष्ठानले लोककवि अलिमियाँलाई मरणोपरान्त ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।  साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले हरेक २ वर्षमा प्रदान गर्ने ‘हेमराज पहारी स्मृति पुरस्कार’ यसपटक नेपाली लोक वाङ्मयका धरोहर लोककवि अलिमियाँलाई एक लाख रुपैंयाँ र ताम्रपत्रसहित प्रदान गर्ने निर्णय गरेको हो।

अरुणिमाकोे ३४ औं स्थापना दिवस

अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४ औं स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। सो अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व मिक्सु लामा र ठूलीमाया रिसाल, साहित्यकार विजय चालिसे र विद्यालयको सेवामा २० वर्षे बिताएका तेजप्रकाश ढुङगेललाई सम्मान गरेको छ।

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले बिहीबार र्‍याली निकालेका छन्।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

जुम्ला अस्पतालमा एलपी आरएफ सेन्टी फ्युज मेसिन

कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्युज मेसिन जडान गरिएको छ। कर्णाली प्रदेशमा रहेका अस्पताल मध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो मेसिन जडान गरिएको हो।

स्वास्थ्य मन्त्रालयद्वारा प्रगति विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। जसमा सप्तरीमा रहेको आरपी सिंह अस्पताल र सप्तरीमा निर्माणाधीन गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृति गराइसकेको उल्लेख छ। यीमध्ये गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठान बनाउन जग्गा प्राप्त भइसकेको र कानुन निर्माण गर्ने कार्यसमेत भइरहेको छ। मन्त्रालयले यसअघि नै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि एकीकृत ऐन निर्माण गरिसकेको छ।

दश कलाकर्मीद्वारा प्राज्ञ सभा बहिस्कार

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा सिफारिस गरिएका १० कलाकर्मीले प्राज्ञ सभामा नजाने भन्दै बहिस्कारको घोषणा गरेका छन्। सरकारले प्रतिष्ठानका प्राज्ञ नियुक्तिको विधान मिचेर आफुखुशी नाम सिफारिस गरेकोमा असहमति जनाउँदै विधागत प्रतिनिधित्व नभएको सभामा नजाने घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्