७ आश्विन २०८१ सोमबार
image/svg+xml

दूधकोसीमा बेपत्ता भएका युवकको शव फेला

खोटाङमा पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारबाट पौडी खेल्नेक्रममा दुधकोसीमा बेपत्ता भएका सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ का २५ वर्षीय भरत चर्मकारको शव फेला परेको हो।

कोशी करिडोर, कतै खुसी, कतै पीडा

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने एक सय ४५ किलोमीटर कोशी करिडोरको सडक निर्माणका क्रममा बाटोमुनिको जग्गा, पानीको मुहान, सिँचाइ कुलो पुरिएको भन्दै विभिन्न क्षेत्रका बासिन्दाले गुनासो पोखिरहेका छन्।

माथिल्लो तामाकोशी मंसिरदेखि सञ्चालनमा आउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए। मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए।

सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना पनि समावेश

दोस्रो लगानी सम्मेलनमा सरकारले पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई पनि जलविद्युत् क्षेत्रबाट समावेश गरेपछि काभ्रेली खुसी छाएको छ।

तामा उत्खनन् प्रक्रिया अघि बढ्यो

माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खननका लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।

सरकार अलमलिएको छैन् : रक्षामन्त्री पोखरेल

सरकारका उपप्रधान तथा रक्षामनत्री ईश्वर पोखरेलले सरकार सम्बृद्धिकै यात्रामा अघि बढेको बताए। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको श्रीमत भागवत् महायज्ञ उद्घाटन कार्यक्रममा रक्षामन्त्री पोखरेलले सरकार आवश्यक कानुन निर्माणमा व्यस्त भएकाले अलमलिएको जस्तो देखिएको बताए।

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

सोलुखुम्बुको दिप्लीघाटमा राखिने बेलिब्रिजका सामग्री ढुवानी सुरु गरिएको छ । जयरामघाटस्थित सुनकोशी नदीमा राखिएको मौज्दात बेलिब्रिजका सामग्री दिप्लीस्थित दूधकोशी नदीमा राख्न ढुवानी सुरु गरिएको प्रदेश १ का सांसद उत्तम बस्नेतले जानकारी दिए । जयरामघाटमा मोटरेबल निर्माण भएपछि ब्रिजका सामग्री मौज्दातको रुपमा रहेका थिए ।

खोला पुज्दै माझीले मनाए कोशी पर्व

खोलालाई भगवानको रूपमा सामूहिक पुजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन्। हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा यो पर्व मनाएका हुन्।

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

जंगली हात्तीको पिरती

जमिनमा पाइने प्राणीमध्ये हात्ती, मान्छे पछिको बुद्धिमान मानिन्छ। पानीमा बस्नेहरूमा चाहिँ मानिसपछि दोस्रोमा आउँछ डल्फिन। साना हुन् वा ठूला संसारका सबै जनावर प्रेमिल हुन्छन्। त्यस्तै प्रेमको नमुना भेटिएको छ कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि।आरक्षको हात्तीसार नजिकै एउटा जंगली हात्तीले वर्ष दिनभन्दा लामो समयदेखि डेरा जमाएको छ। आरक्ष प्रशासनका अनुसार कहिलेकाहीँ त्यहाँबाट हराए पनि त्यो हात्ती फेरि हात्तीसारमै आइपुग्छ। त्यसको नाम हो– कोशी मकुना।

पुल निर्माण नहुँदै उद्घाटन

कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो ।

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ।स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ।

सम्भावनाको ‘भण्डार’

भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।

कोशीपीडितले अझै पाएनन ७३ वर्ष पुरानो मुआब्जा

सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सैयाै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्