११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निति तथा कार्यक्रम फिर्ता लिइ पुनर्लेखन गर्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।

आफ्नै सांसदसँग ओली रुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।

एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्।

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।नेपाली जनतालाई नागरिकता त्याग्न गर्न लगाएर मोटो रकम असुली देशको इज्जत माटोमा मिलाउने काम भएको भन्दै उनले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका हुन्।

विप्लवको पार्टीले हिस्सा खोजेपछि वर्षौंदेखि जग्गा कब्जा

सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै डेढ दशकअघि तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा व्यक्तिले खरिद गरेपछि आन्दोलनमा उत्रिएका राजनीतिक दलको राजनीतिक दलको अनुचित लेनदेनको अडानले जग्गाधनीले भोगचलन गर्न पाएका छैनन्।

संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व अर्थमन्त्रीले नबुझेको हो कि :अध्यक्ष नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतक बीच छलफल

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए।

२०८४ सालको निर्वाचन लक्षित कार्ययोजना बनाउने एमालेको निर्णय

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

विपद् व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः नेता तुलाधर

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

आजबाट नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ३० गतेसम्म बस्नेछ। बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ।

एमालेले भन्यो: सरकारको काममा सहयोग र समर्थन छ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

रायमाझी भागे कि भगाइए ?

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्