१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विपद् व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः नेता तुलाधर

क्याप्शन

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

बिहीवार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरेपनि सफल हुन नसकेको बताए।

उनले प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पारे। उनले अब विपद्जन्य गतिविधिहरु बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे।

सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यक्ता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने, ‘विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरण शक्तिशाली प्राधिकरण बनाउन लागेका थियौँ। त्यो प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा गरेका थियौँ। अझ त्यो भन्दा अघि बढेर त्यसलाई मन्त्रालय बनाउन खोजेका थियौँ। मैले प्रश्ताव राखेको थिएँ, १५ वटा भन्दा धेरै मन्त्रालय बनाउन नपाउने र २५ जना भन्दा बढी मन्त्रीमण्डल नहुने भनेर धान्न नसक्ने भनेकाले त्यो सम्भव हुन सकेन। प्राधिकरण बन्यो, त्यसपछि त्यसको २ वर्षपछि ऐन बन्यो, २०७४ मा नियमावली बनाउन अर्को दुई वर्ष लाग्यो, तर सिइओ नियुक्ति अर्को डेढ वर्ष लाग्यो, यो भनेको गृहमन्त्रालयको धेरै काम भएकाले हो, यो गृहमन्त्रालयलाई भकारीमा नाम्लो लाइदिएजस्तो भयो।’

प्रकाशित: २८ वैशाख २०८० ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App